Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

प्रतितोला १२ सयले बढ्यो सुनको भाउ

Read Time = 1 min
A A- A+

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार आठ सय रुपैया कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

महासंघको अनुसार हिजो प्रतितोला ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, बजारमा आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेको छ । बुधबार प्रतितोला एक हजार एक सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?