गोकुल बाँस्कोटाको कटाक्ष : देश जोगाउन माझी खोज्न हिडेका कांग्रेसी बालुवाटारको आँगनमा देउसी खेल्दैछन्

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँबास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताउनु भएको छ।

उहाँले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) का नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गर्नुभएको छ ।

उहाँले आज सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘वालुवाटारमा रमिता छ । डेंगीको फैलावटले जनता हैरान छन् । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन् ।’

नेता बाँस्कोटाले नागरिक समाज समेत कुम्भकर्णको जस्तो निन्दामा रहको आरोप लगाउनु भएको छ ।
‘देश जोगाउन माझी खोज्न हिडेकाहरु कांग्रेसी आगनमा देउसी खेल्दै छन् । रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ,’ बाँस्कोटाले भन्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?