काठमाडौं । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी ९पश्चिम०को सरावल गाउँपालिका–७ भन्सार टोल बस्ने ४२ वर्षीय लखन यादव सोही ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुरको ललितपुर महानगरपालिका–१९ चक्रबहील इतानी गल्ली डेरा गरी बस्ने हाल पहिचान नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आपसोतीस्थित भेरी नदीको किनारमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरीको रामधुनी नगरपालिका–१ मिठ्ठिचोक नजिक सुनसरी मोरङ सिचाई आयोजनाको नहरमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच