गीतकार सुवेदीको ‘छोड्देऊ पद कटेसी सत्तरी’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । गीतकार प्रकाश सुवेदीको शब्द रहेको गीत ‘छोड्देऊ पद कटेसी सत्तरी’ सार्वजनिक गरिएको छ । गीत सृजना र सेरोफेरो युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा संगीत विजय अधिकारीले भर्नुभएको छ भने स्वर पनि उहाँकै रहेको छ । गीतको गायनमा भुषण खतिवडाले समेत साथ दिनुभएको छ । यस्तै गीतको संगीत संयोजन साहस शाक्यले र लिरिकल भिडियो वर्ल्ड कभर मिडियाका लोकेश भाटले तयार पार्नुभएको हो ।

२०४६ सालपछि नेपाली राजनीतिमा सत्ता र दलहरूको नेतृत्व जहिले पनि बृद्ध र अशक्त नेताहरूले गर्दै आएका छन्। घाटमा नपुग्ने बेलासम्म सत्ता र कुर्सीमोहमा चुम्बकझैँ टाँस्सीरहने नेतृत्वलाई प्रकाशले गीत मार्फत ‘सन्ततिले धिक्कार्लान फेरि छोड्देऊ पद कटेसी सत्तरी’ भन्दै पद छोड्न र पछिल्ला पिंढीलाई मार्ग प्रशस्त गर्न ससम्मान अनुरोध गर्नुभएको छ ।

कर्मचारी हुन् वा शिक्षक ५६ वर्ष पुगेपछि निबृत्तिभरण दिइन्छ। ७० कटेका बृद्ध बा-आमालाई अब तपाईँहरू काम गरेर खान सक्नुहुन्न आरामको जीवन जिउनुहोस् भनेर सम्मानपूर्वक बृद्धभत्ता दिइने देशमा उमेरले ७० कटेकै नेताहरूले दल र सत्ताको नेतृत्व गरिरहने परिपाटी प्रति गीतकार प्रकाशको चर्को आक्रोश रहेको छ।

यस्तो छ गीत -

https://www.youtube.com/watch?v=ICPZxi6iauM

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?