रुविनाको कप्तानीमा पुलिसको टिम घोषणा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको महिला क्रिकेटका लागि टोली घोषणा गरेको छ । पुलिसले रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ ।

टोलीमा रुविना क्षेत्री (कप्तान), काजल श्रेष्ठ (विकेटकिपर), अप्सरी वेगम, सबनम राई, संगीता राई, हिरन्मई राय, कविता जोशी, रेवती धामी, ईश्वरी विष्ट, लक्ष्मी साउद, कविता कुँवर, सम्झना खड्का, मनिषा उपाध्याय र शोभा रोकाय रहनुभएको छ । जसको मुख्य प्रशिक्षक मन्जित श्रेष्ठ हुनुहुन्छ ।

महिला क्रिकेट पोखरामा आयोजना हुनेछ । नेपाल पुलिसको महिला टिम महिला क्रिकेटमा दोस्रो विभागीय टिम बनेको छ । नेपाल एपिएफ क्लबको महिला टिम लामो समयदेखि घरेलु क्रिकेटमा सक्रिय रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?