लेफ्टिनेन्ट जनरल अनिल चौहान भारतको नयाँ ‘चिफ अफ डिफेन्स स्टाफ’ नियुक्त

Read Time = 1 min

नयाँदिल्ली । भारत सरकारले अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल अनिल चौहानलाई नयाँ चिफ अफ डिफेन्स स्टाफ नियुक्त गरेको छ । यो भारतीय सेनाको शीर्षस्थ पद हो । यसअघिका चिफ अफ डिफेन्स स्टाफ विपिन रावत हेलिकोप्टर दुर्घटनामा मारिनुभएको थियो । त्यसको नौ महिनापछि चौहानलाई सो पदमा नियुक्त गरिएको हो ।

सुरुवातमा भारतीय सेनाको ११ गोर्खा राइफल्समा काम गर्नुभएका उहाँ अवकाश पाउनुअघि इष्टर्न कमाण्डका कमाण्डर-इन-चिफ हुनुहुन्थ्यो । २०२१ को मे महिनामा उहाँले अवकाश पाउनुभएको थियो ।

गत जुनमा अवकाशप्राप्त सैन्य अधिकारीलाई पनि चिफ अफ डिफेन्स स्टाफ नियुक्त गर्न मिल्नेगरी नियम संशोधन गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?