साउदी अरेबियाका विश्वविद्यालयमा योग कक्षा सञ्चालन

Read Time = 2 mins

रियाद । योगका बारेका चेतना फैलाउन र यसको अभ्यासलाई जीवनशैलीको रूपमा उत्प्रेरित गर्ने उद्देश्यले साउदी अरेबियाका सबै विश्वविद्यालयमा भर्चुअल योग परिचयात्मक कक्षा आयोजना गरिएको छ ।

साउदी विश्वविद्यालयहरूमा परम्परागत योग र योगासन दुवै विषयको परिचय गराउने र विश्वविद्यालय क्याम्पसमा विद्यार्थीहरूलाई योग अभ्यास गर्न विभिन्न विकल्पहरू प्रदान गर्ने उद्देश्यले योग कक्षा सञ्चालन गरिएको हो ।

योग व्याख्यान कक्षामा मानसिक र शारीरिक स्वास्थ्य दुवैलाई समेटिएको छ र व्यावसायिक योगासन खेलकुद तालिममा सहभागी हुन स्थानीय र अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा विकास गर्ने उद्देश्य छ । साउदी युनिभर्सिटी स्पोर्ट्स फेडेरेसनसँगको सहकार्यमा साउदी योग समितिले रियादमा कार्यक्रम आयोजना गरेको हो । युवाहरूलाई व्यावसायिक योग प्रशिक्षणमा सामेल हुन उत्प्रेरित गराउने उद्देश्यले विश्वविद्यालयभित्र व्यावसायिक योगासन प्रतियोगिताहरूको विस्तार गर्ने योजना राखिएको छ ।

साउदी योग समितिका अध्यक्ष नौफ अलमारवाईले समितिले साउदी समाजमा व्यापक मात्रामा योगशिक्षा फैलाउने उद्देश्य राखेको बताउनुभयो । योगप्रेमीको पुस्ता निर्माण गर्न साउदी विश्वविद्यालयहरूले खेलकुद महासंघसँग सहकार्य गर्न पहल गरेको बताइएको छ । अलमारवाईले समितिले अभ्यासकर्ताको संख्या बढाउन एवं स्थानीय र क्षेत्रीय योग प्रतियोगितामा भाग लिने योग टोलीहरू निर्माण गर्न खोजिएको बताउनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?