अविवाहितलाई पनि २४ हप्तासम्मको गर्भपतन गर्ने अधिकार छ : सर्वोच्च अदालत भारत

Read Time = 2 mins
A A- A+

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले सबै महिलालाई सुरक्षित र कानुनी रूपमा गर्भपतन गर्ने अधिकार रहेको बताएको छ । अदालतले मेडिकल टर्मिनेसन प्रेगनेन्सीअन्तर्गत अविवाहित महिलाले २४ हप्तासम्मको गर्भपतन गराउन सक्ने बताएको हो ।

अविवाहित महिलाको गर्भपतनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै अदालतले यस्तो बताएको हो । यस मुद्दाको सुनुवाइका क्रममा न्यायाधीश डीवाई चन्द्रचुडले भन्नुभयो, ‘जसरी समाज परिवर्तन हुन्छ त्यसरी नै समाजको नियम पनि परिवर्तन हुन्छ, त्यसैले कानुन स्थिर रहनु हुँदैन ।’

‘यो अधिकार विवाहपश्चात् दिइन्छ, यो स्पष्ट छ । तर, यसलाई फेर्नुपर्छ । विवाह कुनै व्यक्तिगत अधिकारको प्रि-कण्डिसन हो । अब समाजको रीति-रिवाज फेर्नेबारे सोच्नुपर्छ ताकि गैरपरम्परागत परिवार पनि कानुनको सुविधाको फाइदा उठाउन सकुन् ।’

‘असुरक्षित गर्भपतन रोक्न सकिन्छ । मानसिक स्वास्थ्यको हाम्रो बुझाइलाई थप विचार गर्न आवश्यक छ । गर्भवती महिलाको परिवेशलाई ख्याल राख्नुपर्छ । विवाहित महिला पनि श्रीमानको जबरजस्ती र बलात्कारको शिकार हुन सक्छन् ।’

उहाँले भन्नुभयो, ‘सहमतिबिनाको यौनसम्पर्कबाट कुनै पनि महिला गर्भवती हुन सक्छन् । विवाह कसैलाई दिइएको अधिकारको आधार बन्नु हुँदैन । महिलाले विवाह नगरे पनि उनको गर्भपतनको अधिकार खोस्न हुँदैन ।’ एजेन्सी ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?