मानिस तनावमा रहेको कुकुरले पत्ता लगाउँछ : अनुसन्धान

Read Time = 2 mins

वासिंंगटन । मानिस तनावमा रहेको कुकुरले पत्ता लगाउने एक अनुसन्धानले पुष्टि गरेको छ । क्वीन्स युनिभर्सिटी बेलफाष्टका अन्वेषकहरूले गरेको नयाँ अध्ययन अनुसार कुकुरहरूले आफ्नो पसिना र श्वासबाट मानिसमा तनाव पत्ता लगाउन सक्छन् ।

वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि कुकुरहरूले हाम्रो श्वास र पसिनामा तनावको गन्ध लिन सक्छन् । अध्ययनका लागि चारवटा पाल्तु कुकुरलाई तीनवटा सुगन्धित क्यानिस्टर (सिलिण्डर आकारका चार डिब्बा) मध्ये एउटा ‘छनोट’ गर्न तालिम दिइएको थियो ।

७०० मध्ये ६५० भन्दा बढी परीक्षणहरूमा तिनीहरूले सफलतापूर्वक पसिना वा श्वासको नमुना पहिचान गरे जुन तनावग्रस्त व्यक्तिबाट लिइएको थियो । प्लोस वन जर्नलमा प्रकाशित समाचारका अनुसार स्कुल अफ साइकोलोजीका क्लारा विल्सन (पिएचडी शोधकर्ता) र केरी क्याम्पबेल (एमएससी विद्यार्थी) ले सो अध्ययन गरेका थिए । अध्ययनमा बेलफाष्ट काउन्टीका चार कुकुर ट्रिओ, फिनगल, सुट, विनी र ३६ जना मानिस संलग्न थिए । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?