चलचित्र ‘नम्बरी सुन’को गीत रेकर्डिङ

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’को गीत रेकर्डिङ गरिएको छ । सुवर्ण शिभान्स फिल्मसको व्यानरमा निर्माण हुनलागेको ‘नम्बरी सुन’ चलचित्रको पहिलो गीत रेकर्डिङ गरिएको हो ।

लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठद्वारा संगीतबद्ध गीतमा नारायण खातीको शब्द र शान्तिश्री परियारको स्वर रहेको छ । यस्तै, प्रमोद खरेललगायत अन्य गायक, गायिकाहरूको स्वरमा अन्य गीत रेकर्डिङ हुने निर्माण पक्षले जनाएको छ ।

झण्डै ७० वर्षअगाडिको ऐतिहासिक सामाजिक कथालाई चलचित्रमा देखाउन लागिएको छ । लमजुङको भुज्रुङ खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिनेछ । नारायण खाती प्रस्तुतकर्ता, निर्माता रहेको चलचित्रको कथा, गीत पनि उहाँकै रहनेछ । यो चलचित्रलाई राजुु गिरिले निर्देशन गर्दै हुनुहुन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?