इसेवाको दशैँको उमंग डिजिटल सपिङसँग

Read Time = 3 mins

काठमाडौं । इसेवाले नेपालीहरूको महान् चाड दशैँको अवसरमा दशैँको उमंग डिजिटल सपिङसँग नामक उपहार योजना ल्याएको छ । योजना असोज २४ गतेसम्म सञ्चालन हुनेछ भने योजनाअन्तर्गत इसेवा एपमा रहेको एक रुपैयाँ स्किममा भाग लिई विभिन्न आकर्षक उपहार प्राप्त गर्न सकिन्छ । इसेवा दशैँ स्पेशलमा गई एक रुपैयाँमा भाग लिँदा एक भाग्यशालीले काठमाडौंदेखि नयाँदिल्लीसम्मको हवाई टिकट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, एक रुपैयाँमै दुई भाग्यशालीले रियलमी नाइन आई फाइभ जी मोबाइल प्राप्त गर्न सक्नेछन् भने २० जनाले इसेवाको प्रिभिलेज हेल्थ इन्स्योरेन्स प्याकेज प्राप्त गर्न सक्नेछन् । एक रुपैयाँ अफरमा सहभागी भई विजेता बन्न नसकेका व्यक्तिको एक रुपैयाँ फिर्ता हुनेछ ।

त्यसैगरी प्रयोगकर्ताले इसेवामा दशैँ अफर सेग्मेन्टमा गई विशेष छुटमा टप ब्राण्ड सिजी, आइएनए सेन्टर, आइटिटीआइलगायत ब्राण्डका मनपर्ने वस्तु खरिद गर्न सकिन्छ । विशेष छुटमा रेफ्रिजेरेटर, ल्यापटप, वासिङ मेसिन, माइक्रोवेभ, इलेक्ट्रिक गिजर, हिटर, भ्याकुम क्लिनर, परफ्युमलगायतका वस्तु खरिद गरी मौकाको फाइदा उठाउन सकिने कम्पनीले जनाएको छ ।

साथै अफर अवधिभर अन्तर्राष्ट्रिय गन्तव्यको टिकट काट्दा एकजनाले काठमाडौं-कतारको राउण्ड ट्रिप टिकट प्राप्त गर्न सक्नेछन् भने इन्टरनेट बिल तिर्ने प्रयोगकर्तामध्ये हरेक दिन एकजनाले शतप्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् । दराज डिस्काउन्ट भौचरमार्फत् एक सयदेखि एक हजार एक सयसम्मको खरिद गर्दा दुई सय ५० रिवार्ड पोइन्ट, दुई सयदेखि २१ सयसम्म पाँच सय, पाँच सयदेखि ५१ सयसम्मको खरिदमा १२ सय ५० रिवार्ड पोइन्ट पाउन सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?