लक्ष्मीको एक सय ४३ औँ शाखा गल्कोटमा

Read Time = 1 min

बागलुङ । लक्ष्मी बैंकले एक सय ४३औँ शाखा बागलुङको गल्कोट नगरपालिका-३ हटिया बजारमा विस्तार गरेको छ । शाखामार्फत् बैंकले ग्राहकका वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ साथै साना तथा लघु व्यवसायीबीच वित्तीय पहुँच पुर्‍याउने लक्ष्य लिएको जनाएको छ ।

पछिल्लो शाखासँगै लक्ष्मीका शाखा सञ्जाल ५०, १३ एक्सटेन्सन काउन्टर र पाँच हस्पिटल सेवा काउन्टर, एक सय ७७ एटिएम, २५ सयभन्दा बढी रेमिटेन्स एजेन्ट तथा ७१ शाखारहित बैंकिङ एजेन्ट पुगेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?