विराट एक्स्पो २०७९ हुने

Read Time = 3 mins

विराटनगर । आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नाराका साथ उद्योग संगठन मोरङले आगामी २९ मंसिरदेखि ६ पुससम्म विराट एक्स्पो आयोजना गर्ने भएको छ । विराटनगर महानगरपालिका-१४ स्थित डिग्री क्याम्पसको प्रांगणमा आयोजना हुने विराट एक्स्पो २०७९ मा कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी गर्ने भएको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा विराट एक्स्पोको सातौं संस्करणसम्म आइपुग्दा एक्स्पो नेपालमा आयोजना हुने थोरै औद्योगिक प्रदर्शनीमध्ये आफ्नै छुट्टै औद्योगिक प्रदर्शनीको पहिचान तथा ब्राण्ड स्थापना गर्न सफल भएको संगठनले जनाएको छ । कृषि, कृषि उद्यम, उद्योग, पर्यटनलगायत समग्र प्रदेश १ को आर्थिक एवं औद्योगिक विकासमा योगदान गर्न उत्पादक, उपभोक्ता र मूल्य शृंखलाको परिधिभित्र पर्ने समग्र व्यावसायिक सेवा प्रदायकलाई आफ्नो उत्पादन तथा सेवाको बिक्रीवितरण तथा प्रचारप्रसारका लागि साझा मञ्च उपलब्ध गराई बजार प्रवद्र्धन गर्नु एक्स्पोको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ ।

एक्स्पोमा नवीनतम सोच एवं प्रविधिमा आधारित उद्योग, अन्तर्राष्ट्रिय एवं सेवामूलक, अटोमोबाइल्स, खाद्य परिकार, सूचना एवं शिक्षामूलकलगायत एक्स्पोमा चार सय १५ स्टल रहने बताइएको छ । आयोजकका अनुसार भारत, बंगलादेश, भुटान, पाकिस्तान, थाइल्याण्ड र चीनलगायतका मुलुकबाट समेत कन्जुमर तथा कर्पाेरेट स्टल रहने गरी तयारी अघि बढाइएको छ । एक्स्पोमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेश १ सरकार, उद्योग श्रम तथा रोजगार मन्त्रालय, विराटनगर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १, स्विस कन्ट्याक्ट एवं नेपाल कृषि बजार विकास सहज परियोजनासँंग प्रवद्र्धकका रूपमा सहकार्य गर्नेछन् भने मुख्य प्रायोजकमा खुकुरी रम रहेको छ । गोल्ड स्पोन्सरमा म्याजिक फुटवेयर, सिल्भर स्पोन्सरमा बागमती प्लाष्टिक रहेको एक्स्पो संयोजक भोलेश्वर दुलालले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?