पाटन नगरपालिकाले थाल्यो अपहेलित गाउँको नाम परिवर्तन

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

डम्बर बोहरा/बैतडी । बैतडीको पाटन नगरपालिकाले अपहेलित गाउँहरूको नाम परिवर्तन गर्न थालेको छ । जातीयताका हिसाबले अपहेलित नाम रहेको भन्दै नगरपालिकाले उक्त टोल तथा गाउँहरूको नाम परिवर्तन गर्न थालेको हो ।

नगरपालिकाको वडा नम्बर ५ मा रहेको ‘डुम्यौडा टोल’ को नाम ‘सिर्जन टोल’ राखिएको छ । उक्त टोलको नाम पनि जातीयताका हिसाबले अपहेलित रहेकाले सिर्जन टोल नामाकरण गर्ने निर्णय गरिएको वडाध्यक्ष फुनिसिंह बोहराले बताउनुभयो । पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराको नेतृत्वमा वडाध्यक्ष तथा कर्मचारीहरूको टोलीले ‘सिर्जन टोल’ नामाकरण गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

पाटन नगरपालिकामा मात्रै २० भन्दा बढी टोलहरू जातीयताका हिसाबले अपहेलित नाम रहेकाले सबै टोलहरूको नाम परिवर्तन गरिने नगर उपप्रमुख कमलसिंह बोहराले जानकारी दिनुभयो । ‘१० वडा रहेको पाटन नगरपालिकामा २० वटा टोलहरू जातीयताका हिसाबले अपहेलित नामहरू रहेका टोलहरू छन्,’ उहाँले भन्नुभयो, ‘ती सबै टोलको नाम परिवर्तन गर्ने तयारी भइरहेको छ ।’

नवौं कार्यपालिका बैठकबाट अपहेलित नाम परिवर्तन गर्ने निर्णयसमेत भइसकको छ । ‘दलितलाई हेप्ने खालका नामहरू थुप्रै रहेका छन्, ती सबै टोलको नाम परिवर्तन गर्दैछौं,’ उहाँले भन्नुभयो । यसअघि प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेत्तृत्वमा बसेको अन्तरपालिकास्तरीय बैठकमा पनि दलितलाई हेप्ने टोलहरूको नाम परिवर्तन गर्नुपर्नेबारे छलफल भएको थियो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?