‘नझुकुन् हाम्रो शिरहरू’ राष्ट्रिय गीतबाट उत्तम केसीलाई एक्टिभ अवार्ड

Read Time = 2 mins

काठमाडौं । विशिष्ट कलकार उत्तम केसीले गीतकारका रूपमा पनि आफ्नो पहिचान अग्लाउनुभएको छ । उहाँको राष्ट्रिय गीत ‘नझुकुन् हाम्रो शिरहरू’ले एकपछि अर्को अवार्ड प्राप्त गरेको छ । बिहीबार राजधानीमा सम्पन्न भएको एक्टिभ अवार्डमा पनि उहाँलाई यस गीतमा अवार्ड प्रदान गरिएको छ । श्रममन्त्री शेरबहादुर कुँवरको प्रमुख आतिथ्यतामा चलचित्र विकास बोर्डमा भएको अवार्ड समारोहमा विभिन्न ३९ वटा विधामा आवार्ड प्रदान गरिएको थियो ।

समारोहमा आधुनिक गीतकारको अवार्ड ‘तिमीले बाटो फेर्‍यौ अरे-३’ बाट दर्पण राईले प्राप्त गर्नुभयो । यस्तै, श्रीकृष्ण बम मल्ल, जुनु रिजाल, रामचन्द्र काफ्ले, मोहितमर्दन थापालगायतलाई समारोहमा अवार्ड प्रदान गरिएको थियो । भिडियोमा निर्देशनमा वविता पुरीले अवार्ड चुम्दा सम्पादनमा प्रेम शर्माले अवार्ड प्राप्त गर्नुभयो । कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, उपाध्यक्ष मोहन निरौलालगायतको आतिथ्यतामा भएको समारोहमा विशिष्ट कलाकार सुवास गजुरेललाई दीर्घ साधना सम्मान अर्पण गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?