पुटिनको उपस्थितिमा युक्रेनका चार क्षेत्र आज रुसमा गाँभिदै

हिमालय टाइम्स
Read Time = 2 mins

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चारवटा भूभागलाई आज औपचारिक रूपमा आफ्नो देशमा गाभेको घोषणा गर्ने भएका छन् ।

रुसले पाँच दिन लामो जनमतसंग्रह गरेपछि त्यसको नतिजाअनुसार युक्रेनका लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सनलाई शुक्रबार औपचारिक रूपमा आफूमा गाभिएको घोषणा गर्न लागेको हो ।

मताधिकार प्रयोग गर्नेहरूले व्यापक सहयोग र समर्थन प्रदर्शन गरेको रुसले दाबी गरेको थियो । तर, पश्चिम जगत र युक्रेनले भने जनमतसंग्रहलाई ‘बहाना मात्रै भएको’ भन्दै आलोचना गरेका थिए ।

युक्रेनको दक्षिण पूर्वमा रहेका ती क्षेत्रहरू रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिन्छ । जनमतसंग्रहमा ती क्षेत्रका लगभग सबैजसो नागरिकले रुसमा गाभिने पक्षमा मत दिएका रुसी अधिकारीहरूले दाबी गरेका छन् ।

रुसी राष्ट्रपति पुटिनले एक समारोहबीच ती क्षेत्र आफ्नो देशमा गाभिएको घोषणामा हस्ताक्षर गरेपछि विशेष भाषण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालय क्रेमलिनले जनाएको छ ।

पूर्वी युक्रेनका दोनत्स्क र लुहान्स्क तथा दक्षिणी क्षेत्रका जापोरिझझिया तथा खेर्सोनमा पाँचदिन लगाएर उक्त मतदान सम्पन्न गराइएको थियो ।

सन् २०१४ मा पनि रुसले युक्रेनको क्राइमियामा यसरी नै जनमतसंग्रह गराएर त्यसलाई आफ्नो भूभागमा गाभेको थियो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?