भ्रष्टाचारले व्यवस्थालाई नै पदभ्रष्ट तुल्यायो : पूर्वराजा शाह

सत्ता स्वार्थले प्रेरित गठबन्धन देशका लागि घातक, नेपाल देशीविदेशीको क्रीडाभूमि बन्नु दुःखद्

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको शासन व्यवस्थामाथि आक्रोश पोख्दै सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको बताउनुभएको छ ।

उहाँले नेपाल देशीविदेशीको क्रीडाभूमि भएको भन्दै दुःखसमेत व्यक्त गर्नुभएको छ ।

बडादशैँका अवसरमा शुक्रबार भिडियोमार्फत् शुभकामना सन्देश जारी गर्नुभएका शाहले भ्रष्टाचारले शासक पथभ्रष्ट हुँदै गएको टिप्पणी गर्नुभएको छ ।

पूर्वराजा शाहले सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल नबन्ने बताउनुभयो । यस्तै उहाँले न्यायपालिका, कार्यपालिका भित्रको विवादले व्यवस्था नै सोच्ने अवस्था आएको पनि बताउनुभएको छ ।

शाहले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिमा ध्यान दिनु पर्ने बताउनुभएको छ ।

व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पदभ्रष्ट तुल्याएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभएको छ, ‘सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ। विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ। हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन । राष्ट्रिय प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकी राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून् जय नेपाल ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?