मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत पौडेलद्वारा ओहोदाको प्रमाणपत्र पेश

हिमालय टाइम्स
Read Time = 1 min

मलेसिया । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोह्द अईनी बिन अतनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुभएको छ ।

मलेसियाका शिष्टाचार महापाल अतनले नेपालको राजदूत पदमा नियुक्त पौडेललाई बधाई दिनुका साथै मलेसियामा स्वागत गर्नुभयो । राजदूत पौडेल र शिष्टाचार महापाल अतनले नेपाल र मलेसियाबीचमा रहिआएको ऐतिहासिक सम्बधका बहुआयामिक पक्षमा छलफल समेत गर्नुभयो ।

भेटमा दुई पक्षीय, क्षेत्रीय तथा बहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै अघि बढ्ने बारे छलफल भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?