काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धन दलबीच सहमति नजुटेका निर्वाचन क्षेत्रका विषयमा छलफल गरेर टुंगोमा पुग्ने प्रयास हुने बताइएको छ ।
गठबन्धनभित्र प्रदेश र प्रतिनिधिसभातर्फ सिट बाँडफाँट करिब टुंगिसकेको छ । केही क्षेत्रमा भने दलहरूको दोहोरो दाबी रहेपछि मिल्न सकेका छैन ।
ती क्षेत्रहरूको विषयमा गठबन्धनको बैठकले अन्तिम रुप दिने एक नेताले बताउनुभयो । केही निर्वाचन क्षेत्रमा भएको दोहोरो दावेदारी शीर्ष नेतृत्वबीचको आपसी समझदारीमा छिट्टै टुंगो लगाइने उहाँको भनाइ छ ।
आजको बैठकले दलले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए। दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकमा निर्णायक छलफल हुने बताइएको छ।
एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच