कांग्रेसभित्रै विद्रोह गर्ने बेला आयो : गगन थापा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब आफ्नै पार्टीभित्र विद्रोह गर्ने बेला आएको बताउनु भएको छ ।
शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्रोह गरेर पार्टीलाई ठिक ठाउँमा नल्याए सत्ताको हतियारमात्र हुने बताउनु भयो ।
पार्टीभित्र ठूलो शुद्धीकरण अभियाउन चलाउनुपर्ने आवश्यकता औँल्याएका थापाले चुनाव जित्नका लागि मात्र पार्टी गठन गरेको जस्तो भएको भन्दै विद्रोह गर्नुपर्ने बेला आएको जिकीर गर्नुभयो ।

निर्वाचन आयोगमा पार्टीले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति असन्तुष्ट रहँदै आएको शेखर–गगन समूहले सच्याउनलाई अल्टिमेटमसमेत दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?