सुवासलाई टुरिजम गल्फको उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सुवास तामाङले नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि जित्नुभएको छ । गोकर्ण गल्फ क्लबमा भएको खेलमा सुवासले ५४ ओभर होल खेल्दै १० अण्डर २०८ को कुल स्कोरमा थ्री-अण्डर ६९ को राउण्ड कार्ड बनाएर उपाधिजित्नुभएको हो । उहाँले टासी छिरिङलाई १३ स्ट्रोकले पछि पार्नुभयो ।

टासी तीन ओभर २१९ को कुल स्कोरका साथ दोस्रो स्थानमा रहनुभयो । वाञ्चेन धोन्डुप पाँच ओभर २२१ र सम पार ७२ रन बनाएर तेस्रो हुनुभयो । कतारका सेलाह अली लकाबी ६ ओभर ७८ मा आठ ओभर २२४ रन बनाएर चौथो र सद्भाव आचार्य पाँचौं स्थानमा रहनुभयो । सद्भावले ९ ओभर २२५ मा ५ ओभर ७७ रन बनाउनुभयो । यो प्रतियोगिता विश्व एमेच्योर वरीयताको गल्फ प्रतियोगितासमेत हो ।

महिलातर्फ कश्मिरा शाहले १५ ओभर ८७ को खराब राउण्ड खेले पनि २४ ओभर २४० को कुल स्कोरका साथ पहिलो स्थान हासिल गर्नुभयो । सुष्मा सिग्देल ४५ ओभर २६१ रन बनाएर उपविजेता बन्नुभयो । कुल स्कोरमा ४७ ओभर २६३ खेलेर सोनिया अख्तर तेस्रो हुनुभयो । रिंकी अख्तर ५१ ओभरको कुल स्कोरका साथ चौथो, १९ ओभर ९१ राउण्ड खेलेकी प्रतिभा राई पाँचौं स्थानमा रहनुभयो ।

विजेतालाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपालका लागि कतारका राजदूत महामहिम युसुफ बिन मोहम्मद अल हेल, एनजीएका अध्यक्ष टासी घले, उपाध्यक्ष तिलक राई र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेलगायतले पुरस्कृत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?