जानकी मन्दिरमा राष्ट्रिय खेलकुदको ट्रफी

हिमालय टाइम्स
Read Time = 3 mins

जनकपुरधाम । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरिएको छ । नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुरअन्तर्गत मधेस प्रदेशको पवित्र धार्मिकस्थल जानकी मन्दिर परिसरमा ट्रफी प्रदर्शन गरिएको हो ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मधेस प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको थियो । कार्यक्रममा मधेस प्रदेश खेलकुद मन्त्रालयका सचिव रज्जितकुमार यादव, मधेस प्रदेश खेलकुद बिभाग प्रमुख मोहमद ज्याउल इस्लाम, मधेस प्रदेश प्रशिक्षण केन्द्र उपनिर्देशक सुरेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

ट्रफी सार्वजनिक गरेपछि बोल्दै मुख्यमन्त्री राउतले जानकीको पवित्र भूमिमा ट्रफी प्रदर्शन भएकोमा खुशी व्यक्त गर्दै नवौं राष्ट्रिय खेलकुदको भव्य सफलताको लागि शुभकामना दिनुभयो । ‘जानकीको पवित्र भूमिमा ट्रफी प्रदर्शन गरिएको छ । मधेस प्रदेशले ट्रफी ल्याओस शुभकामना दिन चाहन्छु,’ उहाँले भन्नुभयो, ‘नवौंको भव्य शुभकामना दिन चाहन्छु ।’ उहाँले १०औं राष्ट्रिय खेलकुद मधेस प्रदेशमा आयोजनाका लागि प्रयास गर्नेसमेत बताउनुभयो ।

मधेस प्रदेशका खेलकुदमन्त्री सिंहले राष्ट्रिय खेलकुदको ट्रफी मधेस प्रदेशमा आउँदा आफूहरू प्रफुलित भएको बताउँदै नवौंको सफलताको शुभकामना व्यक्त गर्नुभयो । ‘आज हामी प्रफुलित छौँ । जानकी मन्दिरको प्रांगणमा ट्रफी प्रदर्शन गरेका छौँ । राष्ट्रिय खेलकुद देशको गौरवको विषय हो । नवौंको सफलताका लागि कामना गर्छु,’ उहाँले भन्नुभयो । मन्त्री सिंहले नवौंमा स्वर्ण विजेतालाई ५१ हजार नगदले पुरस्कृत गरिनेसमेत जानकारी दिनुभयो ।

उहाँले आफू आउँदा मधेसको खेलकुद दयनीय रहेको तर मुख्यमन्त्रीको सहयोगले नवौंमा २५ खेल सहभागिता गराउन सफल भएको बताउनुभयो । ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्टले राखेपको योजना अनुसार ट्रफीलाई पवित्र भूमि जानकी मन्दिरमा ल्याइएको र अब ट्रफी अन्तिममा गण्डकी प्रदेशमा लगिने जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?