उपाधिका लागि लुम्बिनी र कर्णाली भिड्ने

हिमालय टाइम्स
Read Time = 1 min

कैलाली । गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । धनगढी रंगशालामा भएको सेमिफाइनल खेलमा गण्डकीलाई ४-३ ले हराउँदै लुम्बिनी उपाधिनजिक पुगेको हो ।

लुम्बिनी प्रदेशले उपाधिका लागि कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । कर्णाली यसअघि नै फाइनल पुगिसकेको छ । उपाधि भिडन्त शनिबार हुनेछ । पिएफए स्पोर्ट्स क्लब अत्तरियाको आयोजनामा भइरहेको प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले नगद पाँच लाखसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन भने उप विजेताले नगद तीन लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?