काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज तथा नेपाल क्लियरिङ हाउसबीच नेशनल पेमेन्ट स्विचमार्फत् क्युआर अन्तरआबद्धता कायम गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा एससिटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु तथा एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको हो ।
एससिटी तथा एनसिएचएलबीचको सम्झौतालाई क्युआर अन्तरआबद्धताको क्षेत्रमा एक महत्वपूर्ण कोशेढुंगाका रूपमा लिइएको प्रमुख कार्यकारी अधिकृत सिंहले बताउनुभयो । सम्झौतापश्चात् स्मार्ट क्युआर उपलब्ध रहेका मोबाइल बैंकिङ वा वालेटका ग्राहकले नेपाल पे क्युआरका मर्चेन्टलाई क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
त्यसैगरी नेपाल पे क्युआर उपलब्ध रहेका मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आइपिएसका प्रयोगकर्ताले पनि स्मार्ट क्युआरका मर्चेन्टलाई भुक्तानी गर्न सक्नेछन् । यसरी ग्राहकलाई दुवै नेटवर्कभित्रका क्युआरसम्बन्धी भुक्तानी गर्न सहज हुनेछ भने बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थालाई पनि छुट्टै मर्चेन्ट आबद्ध गराउन आवश्यक हुने छैन ।
हाल नेपाल पे क्युआरमा ७० हजारभन्दा बढी र स्मार्ट क्युआरमा एक लाख ६० हजारभन्दा बढी मर्चेन्ट आबद्ध रहेको कम्पनीले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका