एनसेलको दशैँ डाटा प्याक

Read Time = 1 min

काठमाडौं । चाडपर्वका बेला जहाँ भए पनि डाटा सेवा लिन सकिने गरी एनसेल आजियाटा लिमिटेडले नौलो तथा आकर्षक ‘होम एण्ड अवे डाटा प्याक’ अफर ल्याएको छ । यो प्याकमा करसहित पाँच सय ९९ रुपैयाँमा ३० जिबी होम डाटा र ३० जिबी अवे डाटा गरी कुल ६० जिबी डाटा पाइनेछ ।

प्याकमा पाइने कुल ६० जिबी डाटामा ३० जिबी होम डाटा ग्राहकले घरमा रहँदा प्रयोग गर्न पाउँछन् भने ३० जिबी अवे डाटा घरबाहिर जहाँ पनि चलाउन सक्छन् । कम्पनीका अनुसार ग्राहकले आवश्यकताअनुसार आफ्नो होम प्याकको स्थान परिवर्तन पनि गर्न सक्छन् ।

प्याक सुचारु भएपछि २८ दिनका लागि मान्य रहन्छ । नयाँ डाटा प्याकको विशेषता भनेको प्याकमा रहेको डाटा भोलुम खपत भइसकेपछि प्याकको समयावधि रहेसम्म पे एज यु गो (पेजी) दर लागू हुँदैन । होम एण्ड अवे डाटा प्याकमा रहेको डाटा सकिएमा ग्राहकले कुनै पनि अन्य डाटा प्याक खरिद गरी डाटा चलाउन सक्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?