पोखरा । १२५ सिसी सेगमेन्टकै सबैभन्दा शक्तिशाली स्कुटर टिभिएस एनटर्क १२५ रेस एक्सपी अब पोखरामा पनि उपलब्ध हुने भएको छ । पोखरास्थित बतास ब्रदर्स प्रालिबाट पनि स्कुटर खरिद गर्न सकिनेछ । कनेक्टेड मोबिलिटी क्षेत्रमा छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उद्योगमै सबैभन्दा पहिला नयाँ भोइस-असिस्ट फिचरयुक्त कनेक्टिभिटी प्ल्याट्फर्मसहितको लन्चसँगै स्कुटर उद्योगमा छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको छ । जसमा मोड चेन्ज, नेभिगेसन, कन्सोल ब्राइट्नेस एडजस्टमेन्ट र डिएनडीलगायत थुप्रै कनेक्टिभिटी फंसन समावेश गरिएको छ ।
कम्पनीका अनुसार १२५ सिसी सेगमेन्टमा १० पिएसभन्दा धेरै पावर हुने यो नेपालकै एकमात्र स्कुटर हो । पहिलाको भन्दा सुधारिएको ग्याँस फ्लो डाइनामिक्स र कम्बुस्चनले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ । यसमा प्रयोग भएको एडभान्स्ड इन्जिनियरिङ पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले स्कुटरलाई अझ हलुका बनाएको छ । सो अवसरमा टिभिएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेसका उपाध्यक्ष राहुल नायकले भन्नुभयो, ‘नेपाल सधैं हाम्रा लागि प्रमुख बजार भएको छ र यसले ग्राहकका लागि हाम्रा प्रस्ताव ल्याउन पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ । टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपालमा लन्च गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ । एनटर्कले लन्चदेखि नै नेपाली राइडरबाट सबै सकारात्मक प्रतिक्रिया आएका र ती प्रतिक्रिया हामीले संकलन गरिसकेका छौं ।’
जगदम्बा मोटर्सका म्यानेजिङ डाइरेक्टर साहिल अग्रवालले भन्नुभयो, ‘टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपालमै गेम चेन्जिङ स्कुटर हुनसक्छ । हामीले पहिला पनि यसको लोकप्रियता देखिसकेका छौँ र अहिलेको नयाँ पुस्ताका राइडरबीच यो चर्चाको विषय हुनेछ भन्ने हामीलाई विश्वास छ ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका