विद्युत् सेवा प्रवाहमा कमजोरी हुन नदिन निर्देशन

Read Time = 2 mins

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा विद्युत् प्राधिकरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिनुभएको छ । प्राधिकरणका उच्च तहका कर्मचारीलाई शुक्रबार मन्त्रालयमा दशैँको शुभकामना दिँदै उहाँले चाडपर्वमा अधिकांश कर्मचारी बिदामा बस्ने भए पनि आफूले चाडपर्व मनाउँदै गर्दा आमजनताको हितमा काम गर्न र अभिच्छिन्न विद्युत् सेवा प्रवाह गर्न निर्देशन दिनुभएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले कर्मचारीहरू जस्तोसुकै असहज परिस्थितिमा पनि सेवामा लागिरहेको र चाडपर्वका समयमा अझै सक्रियता अपनाउन निर्देशन दिनुभयो ।

मन्त्री भुसालले भन्नुभयो, ‘जनतालाई दिने सेवाप्रति कर्तव्यबोध गर्नुपर्छ । जुनसुकै समयमा सेवाको गुणस्तरीयता घट्नुभएन ।’ केही बेर पनि विद्युत् गयो भने जनतामा निराशा पैदा हुने उल्लेख गर्दै सो हुन नदिन उच्च सतर्कता अपनाउन पनि उहाँले आग्रह गर्नुभयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरू जस्तोसुकै असहज परिस्थितिमा पनि सेवामा लागिरहेको र चाडपर्वका समयमा अझै सक्रियता अपनाउन निर्देशन दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?