ठूलो पर्दामा डेब्यु गर्दै अनिता

Read Time = 3 mins

काठमाडौं केही म्युजिक भिडियोबाट अभिनयको तारिफ बटुल्नुभएकी अनिता गिरी अब ठूलो पर्दामा आफ्नो अभिनयको जादु झर्ने तयारीमा हुनुहुन्छ ।

खोटाङ् सिम्पानी स्थायी घरभई काठमाडौंलाई कर्मथलो बनाएर यो क्षेत्रमा लागिरहनुभएकी उहाँ विगत ६ वर्षदेखि निरन्तर आफ्ना प्रस्तुति दिइरहनुभएको छ । सानैदेखि अभिनय र नृत्य भनेपछि हुरुक्क हुने उहाँको पहिलो गीतको भिडियो ‘वैगुनीले गएको थियो छोडेर’ रहेको थियो । त्यसयता ‘सजाए तिम्रो माया’, ‘लगन जुर्यो घरबार हुनलाई’, ‘तिम्रो साथ’, ‘केयर गर्दैनौ’, ‘तिमीलाई भुल्न’ जस्ता एक दर्जन भन्दा बढी गीतका भिडियोमा आफ्नो कुशल अभिनय पस्किनुभएको छ उहाँले ।

म्युजिक भिडियोमा अभिनयको तारिफ सँगसँगै इन्टरनेशनल क्यापिटल अवार्ड, नेपाली आर्ट कल्चर अवार्ड, म्युजिक खबर बुष्टर इन्टरनेशन अवार्ड जस्ता अवार्ड प्राप्त गर्नुभएको छ । अब ठूलो पर्दातर्फ जम्ने तयारीमा लाग्नुभएकी उहाँ यसको सम्पूर्ण तयारी भएको र छिट्टै छायाँकनमा जाने बताउनुहुन्छ । ओडिनल, डेरिमिल्क, नेपाल आइस लगायतका थुप्रै विज्ञापनमा पनि अभिनय गर्नुभएकी अनिताले डेढ दर्जन जति फेशनको र्यापमा पनि आफूलाई हिँडाउनु भएको छ ।

अभियन क्षेत्रमा नै पूर्ण रुपमा समर्पित भएर लागेको बताउनुहुने अनिता सबैप्रकारको भूमिकालाई न्याय गर्न सक्ने आफूमा खुबी रहेको दाबी गर्नुहुन्छ । म्युजिक भिडियो र फेशनशो हरूमा तारिफ बटुल्न सफल हुनुभएकी अनिता ठूलो पर्दामा जम्नुहुन्छ या हुँदैन त्यो त उहाँका आउँदा प्रस्तुतिले बताउने नै छन् । तर, उहाँ भने पूर्ण तयारीका साथ आफू यो क्षेत्रमा आएको दाबी गर्नुहुन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?