बैतडीका सात स्थानमा यात्रु सहायता कक्ष

हिमालय टाइम्स
Read Time = 3 mins

डम्बर बोहरा/बैतडी । बैतडीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दशैँ तथा तिहारका बेला यात्रुहरूको सहजताका लागि जिल्ला प्रहरी कार्यालयले यात्रु सहायता कक्ष स्थापना गरेको हो । बैतडीको गोठलापानी, साहिलेक, देहिमाण्डौ, सत्बाज, गोकुलेश्वर, पाटन, खोडपेलगायतका ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

यात्रुहरूको भिडभाड बढ्ने भएकाले कुनै समस्यामा परेका बेला यात्रुहरूलाई सहयोग गर्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । ‘चाडपर्वका बेला यात्रुहरूलाई झन्झट नहोस् भनेर सहयोग पुर्‍याउन यात्रु सहायता कक्ष स्थापना गरेका हौं,’ उहाँले भन्नुभयो, ‘समस्यामा परेका नागरिकलाई सहायता कक्षबाट आवश्यक सेवा दिनेछौं ।’

कुनै यात्रुलाई यात्रा गर्ने क्रममा समस्यामा परेका बेलामा उनीहरूको समस्या समाधानका लागि २४ सै घण्टा सेवाका लागि सुरक्षाकर्मी तयार रहनेछन् । समस्यामा परेका बेला स्वयं यात्रुले यात्रु सहायता कक्षमा सम्पर्क गर्न सक्ने इलाका प्रहरी कार्यालय पाटनका प्र्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले बताउनुभयो । क्षमताभन्दा बढी यात्रु बोक्न नदिन, तोकिएको भन्दा बढी भाडा लिन नदिन र यात्रुहरूलाई सहजताका साथ गन्तव्यमा पु¥याउनका लागि यात्रु सहायता कक्षमार्फत् काम हुने बताइएको छ ।

चाडहरू सुरु भएका छन् । यस्तो समयमा बजार क्षेत्रमा भिडभाड बढ्ने गरेको छ । यस्तो समयमा चोरी डकैती, लुटपाट जस्ता आपराधिक घटना न्यूनीकरणका लागि पनि यात्रु सहायता कक्षबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ । छठ पर्वसम्म यात्रु सहायता कक्षलाई निरन्तरता दिइने बताइएको छ । यात्राका क्रममा कुनै समस्या परेमा नजिकको सहायता कक्षमा सम्पर्क राख्नसमेत ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?