कविता : बोधिसत्व

हिमालय टाइम्स
Read Time = 1 min

✍️ खिमानन्द आचार्य

विश्वासको सगरमाथा चुलाएर
सुखद भविष्यको सुनगाभा मनमा फुलाएर
कतै अग्निलाई साक्षी राखेर
कतै माया साटासाट गरेर
कतै फेसबुकमा च्याट गरेर
त कतै एक जम्काभेटमा आँखा साटेर
निर्माण भएका ढुङ्गामा चढेर
त्यसको राप सेलाउन नपाउँदै
भत्किएका मनहरू
कसैको बाँच्न पाउने नैसर्गिक अधिकार खोसेर
रम्ने रमाउने प्रकृतिहरू सोच्ने गर
जहाँ पूर्ण समाजको प्रतिनिधित्व हुन्छ ।

सुन्दर सपनाहरूलाई खण्डहरमा परिणत गरेर
आशातीत प्रेम हावामा आफैँलाई डढाउनेहरू
जिन्दगी अभिशाप होइन वरदान हो,
त्यसैले सुसंस्कृत समाजको कलङ्क बनेर होइन
भ्रमजालको तुवाँलो पन्छाउँदैछ ।

चन्द्रमाको चाँदनी तापेर
कलङ्कको टीका मेटिँदैन
छद्मभेषीको महापुराण सुन्न छोडिदेऊ
छोडिदेऊ सारा नाटकहरू
पागलपन विश्वासघातको अलाप साँचेर
बोधिसत्व पलाउन सक्दैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?