उपासना र आशीर्वादको पर्व दशैँ

डा. गणेशप्रसाद घिमिरे
Read Time = 20 mins

घण्टाशूलहलानि शङ्खमुुशले चक्रं धनुुः सायकं
हस्ताब्जैर्दधतीं घनान्तविलसच्छीतांशुुतुुल्यप्रभावं ।
गौरीदेहसमुुद्भवां त्रिजगतामाधारभूूतां महा
पूूर्वामत्र सरस्वतीमनुुभजे शुुम्भादिदैत्यार्दिनीम् ।।
हातमा घण्टा, शूल, शङ्ख, मूूसल, चक्र, धनुुष र वाण लिएकी, शरद ऋतुुको चन्द्रमा समान मनोहर कान्ति भएकी, तीन लोककी आधार, शुुम्भ आदि दैत्यको नाश गर्ने जसको उत्पत्ति गौरीको शरीरबाट भएको हो ती महासरस्वतीको म निरन्तर ध्यान गर्दछुु । यो श्लोक दुुर्गासप्तशतीको पाँचौं अध्यायको ध्यान हो । भगवती जगदम्बाले हामी सबैको कल्याण गरून् ।

आराधना, उपासना जे नाम दिए पनि नवरात्र भगवतीको पूजा र अर्चनको समय हो । नवरात्र महाकाली, महालक्ष्मी र महासरस्वतीको उपासना गरेर मनाउने गरिन्छ । आराधना सकाम (कुनै इच्छा पूूर्ण होस्) भनेर पनि गरिन्छ भने निष्काम (मेरो कुनै इच्छा चाहना छैन) हजुुरको उपासनामात्र हो भनेर पनि गर्ने गरिन्छ । यही विधान सनातन परम्परामा विद्यमान रहेको छ ।

नवरात्रको समयमा गरिने शक्तिको उपासना हाम्रा लागि उपयोगी मानिने गर्दछ । नवरात्रमा गरिने पूजा र अर्चनाले हामीभित्रका नराम्रा प्रवृत्तिको अन्त्य र स्वस्थप्रवृत्तिको जागरण हुने गर्दछ । दुुवै नवरात्रमा भगवती तथा जीवन जगतकी आधार शक्तिको उपासना गर्ने गरिन्छ ।

हाम्रो परम्परामा चार सम्प्रदाय प्रचलनमा छन् । शैव (शिवलाई प्रमुुख मान्ने) वैष्णव (विष्णुलाई प्रधान मान्ने) शाक्त (देवीलाई प्रमुुख मानेर आराधना गर्ने) गाणपत्य (गणेशलाई प्रमुुख मानेर पूूजा गर्ने । यी चार सम्प्रदायको आआफ्नो पहिचान रहेको पाइन्छ । यही हो हाम्रो सनातन परम्परा । यही परम्परामा जीवन्त छ हाम्रो संस्कार र संस्कृति । यही संस्कृतिमा रमेको छ हाम्रो जीवन पद्यति पनि ।

नवरात्र :
वसन्त ऋतुुमा चैत्र नवरात्र र शरद ऋतुुमा शारदीय नवरात्र मान्ने परम्परा हाम्रो संस्कारमा विद्यमान रहेको छ । वसन्तको अवसर जसमा गर्मीको आरम्भ हुुन्छ चैत्र नवरात्र र जाडो याम आरम्भ हुने नवरात्रलाई शारदीय नवरात्र मानिएको छ । शीतकालको आरम्भ आश्विनबाट हुने र ग्रीष्मको आरम्भ चैत्रबाट हुुने हुनाले नवरात्रमा यी दुुई ऋतुलाई आधार मानिएको छ । यी दुुबै ऋतुु नवरात्रको अवसरका रूपमा आएको देखिन्छ । नवरात्र भगवती जगदम्बाको आराधनाको समय मानिन्छ । भगवती जगदम्बाको आराधना, उपसना, पूूजा र अर्चनाका लागि यी नवरात्र उत्तम मानिएका छन् । हामी खासगरी नवरात्रका अवसरमा भगवतीलाई शक्तिका रूपमा पूूजा गर्ने गर्दछौँ ।

नवरात्रको समयमा गरिने शक्तिको उपासना हाम्रा लागि उपयोगी मानिने गर्दछ । नवरात्रमा गरिने पूजा र अर्चनाले हामीभित्रका नराम्रा प्रवृत्तिको अन्त्य र स्वस्थप्रवृत्तिको जागरण हुने गर्दछ । दुुवै नवरात्रमा भगवती तथा जीवन जगतकी आधार शक्तिको उपासना गर्ने गरिन्छ । यही उपासनाको आधार हो नवरात्र । यही आधारमा शक्तिको उपासनालाई पूूर्ण मानिएको छ । यो अवसरमा नेपालका विभिन्न कोतघरमा विधिवत रूपमा भगवतीको आराधना गर्ने गरिन्छ । जीवनमा सबै कुुप्रवृत्तिको अन्त्य र सुुप्रवृत्तिको आगमनलाई नवरात्रको मूल आधार मानिएको छ । ऋतुु परिवर्तनसहित हाम्रो जीवनका धेरै कुुरा परिवर्तन हुने हुनाले पनि नवरात्रको विधान मानिएको हो ।

वासन्ती नवरात्रलाई भन्दा शारदीय नवरात्रलाई विशेष महत्व दिइएको छ । शारदीय नवरात्रको आराधनालाई विशेष मानिएको छ । त्यसैले वेद भन्छजीवेम शरदः शतम् सय शरदकाल पर्यन्त भनिएको हो । यहाँ वसन्त र वर्षा ऋतुुको चर्चा गरिएको छैन । शारदीय नवरात्रलाई मानवजीवनको तथा सनातनी परम्पराको महत्तम आराधनाको समय मानिएको छ । नवरात्रमा भगवतीको उपासनार शक्ति सञ्चयलाई प्रमुुख मानिएको पाइन्छ । शक्तिको उपासनामा तल्लीन रहेर गरिने आराधनाले दानवीय प्रवृत्तिको अन्त्य र मानवीय प्रवृत्तिको आरम्भ मानिसमा हुुने कुराको सङ्केत गरिएको छ । नवरात्रमा भिन्नभिन्न रूपले भगवतीको उपासना गर्ने गरिन्छ । नवदुुर्गा भवानीका नौ रूपको उपासना नवरात्रको मुुख्य मान्यता र संस्कार हो ।

बलि प्रथा :
संस्कार, परम्परा र सांस्कृतिक मान्यता आफ्नै किसिमका हुने गर्दछन् । ती मान्यता एक अर्को धर्म वा सम्प्रदायका लागि अमान्य पनि हुने गर्दछन् । नेपाल बहुुधार्मिक मुुलुुक भएकाले एउटा धर्म वा सम्प्रदायको कुरा अर्को धर्म वा सम्प्रदायलाई नपच्नुु स्वभाविक पनि हो । परापूर्व कालमा अश्वमेध, गोमेध यज्ञको विधान थियो । आज आएर यी यज्ञहरू गरिँदैन । तर नवरात्रमा भगवतीलाई बलि दिने परम्परा अद्यापि विद्यमान रहेको छ । पशुु अधिकारकर्मीहरू बलि प्रथालाई धर्मको आधार मान्दैनन् । उनहरू पशुु अधिकारको वकालत गर्छन् । वेद भन्छ, वैदिकी हिंसा हिंसा न भवति यज्ञमा हुने पशुु हिंसालाई हिंसा मानिँदैन । यो शास्त्रको प्रमाण हो । यही प्रमाणका आधारमा बलि दिने परम्परा विद्यमान रहेको छ यज्ञमा ।
यज्ञार्थंं पशवः सृष्टा स्वयमेव स्वयम्भुुवा
यज्ञस्य भूूत्यै सर्वस्य तस्माद् यज्ञे वधोऽवधः ।
सृष्टिकर्ता ब्रहृमाले यज्ञका लागि पशुुहरूको सृष्टि गर्नुभएको हो । यज्ञ सम्पूर्ण जगत्को कल्याणका लागि मानिन्छ । सबै यज्ञमा बलिको विधान छैन । तर शक्तिको उपासनामाबलिको विधान मानिएको छ । भगवतीको उपासना गर्दा सबैभन्दा प्रमाणिक मानिएको दुुर्गा सप्तसतिमा भनिएको छ
रुधिराक्तेन बलिना मांसेन सुुरया नृप
बलिमांसादिपूजेयंं विप्रवज्र्या मयेरिता
तेषां किल सुुरामांसैर्नोक्ता पूूजा नृप क्वचित् ।
ब्राहृमणलाई छोडेर अन्यका लागि मांस र मदिराद्वारा भगवतीको उपासना वैध मानिएको छ । जसले मासुु र मदिराको सेवन गर्दछन् तिनका लागि यो विधान गरिएको हो । साधकेच्छा बलवती देये वस्तुुनि दैवते यद् यदात्मप्रियं द्रव्यं तद् तदिष्टाय कल्पयेत् । साधकको इच्छा र आफूलाई प्रिय लाग्ने वस्तुु दिनुु नै साधनाको मूल आधार मानिएको छ शास्त्रमा ।

पशुु अधिकारका कुरा गर्ने र मानव अधिकारलाई लत्याउने प्रवृत्तिका कारण देखिएको भ्रमलाई शास्त्रको चिन्तन परम्पराले चिर्नुु आवश्यक छ । शास्त्रका कुरा प्रमाणिक हुन् । यी प्रमाणले मानवीय भावनाको रक्षा गरेका छन् । पशुको सन्दर्भका जे जति तर्क गरे पनि बलि प्रथालाई मान्यता दिने हाम्रो संस्कार र परम्परा संस्कारकै उपज मानिएको छ । अधिकारका नाममा संस्कार र परम्पराप्रति धावा बोल्ने छुुट कसैलाई पनि छैन ।

आशीर्वाद ग्रहण :
भगवतीको उपासना नवरात्रभरि गरेपछि दशमीदेखि पूूर्णिमाका दिनसम्म आफन्त र मान्यजनबाट टीका, जमरा लगाई आशीर्वाद लिने परम्परा छ । आफन्त र मान्यजनको आशीर्वादले दिने सन्देश जीवन सधैँ उपलब्धिमूलक रहोस् भन्ने कामना हो । यही कामनामा आफन्तजनलाई आधार मानिएको हुुन्छ । हाम्रो संस्कार र परम्परामा ठूूलाले सानालाई आशीष दिने व्यवस्था गरिएको छ । सोही व्यवस्थाका आधारमा हामीहरू आफन्तसित आशीर्वाद लिने गर्दछौँ । त्यसकिसिमको आशीर्वादमा जीवनको सबै पक्षका साथै उन्नति र प्रगतिको कामना गरिएको हुुन्छ । मन्त्रोच्चारणसहित वा मन्त्रोच्चारणरहित आशीर्वादले जीवनका हरेक मार्ग र यात्रा सबल होऊन् भन्ने कामना गरिएको हुुन्छ । यही हो हाम्रो परम्परा र मान्यता पनि । आशीर्वाद ग्रहणमा दशैँमा दिइने यो मन्त्र कति शक्तिशाली छ ।
आयूू द्रोण सुुते, श्रीयं दशरथे शत्रुुक्षयं राघवे
ऐश्वर्य नहुुषे गतिश्च पवने, मानं च दूूर्योधने
शौर्य शान्तनवे (दानं सूूर्यसुुते) बलं हलधरे सत्यं च कुन्तीसुते
विज्ञानं विदुरे भवन्तुु भवतां कृतिश्च नारायणे ।
आयुु द्रोणपुत्र अश्वत्थामाको जस्तो होस् । यहाँ पहिलो आधार आयुुलाई मानियो । आयुु नभए जीवनमा केही गर्न नसकिने हुुँदा पहिलो आधार आयुुलाई मानिएको छ । श्री (लक्ष्मी) दशरथको जस्तो होस् । आयुुपछि धनलाई महत्त्व दिइएको छ । आयुु र धनप्राप्तिपछि शत्रुु बढ्ने हुुँदा शत्रुुक्षय गर्ने अवस्था रामको जस्तो होस् भनियो । ऐश्वर्यमा नहुुष राजाको जस्तो मानिएको छ । गति वायुुको जस्तो होस् भन्नुुको आशय कुनै पनि प्राणी वायुु बिना बाँच्न सक्दैन । वायुु मानव जीवनका लागि अपरिहार्य तत्त्वमानिएको छ । मान दुुर्योधन समान होस् भनियो । दुुर्योधन असल होइनन् तर मान सम्मान हस्तिनापुरमा दुुर्योधनले पाएका थिए त्या अरूले पाएनन् ।

शौर्य वा वीरता भीष्मको जस्तो होस् भनियो । भीष्मले हस्तिनापुरको रक्षाका लागि आजीवन अविवाहित रहने प्रतिज्ञा गरे । कुुल, घर र राज्यको रक्षाका लागि तिमी भीष्म समानहुनुु भनिएको हो ।यहाँ दानं सूर्यसुुते पनि पाठ पाइन्छ । प्राप्त धन र ऐश्वर्यको रक्षा दानबाट हुने हुुनाले कर्णलाई आधार मानिएको हो । बल बलरामको जस्तो होस् भनिएको छ । बलराम शक्तिशाली भएकाले उनलाई प्रमुुख मानिएको हो । सत्यमा कुुन्तीपुुत्र युुधिष्ठिरको जस्तो सत्यवादी बन भनिएको हो । विज्ञानमा अथवा ज्ञानमा विदुुरलाई प्रमुुख मानिएको छ । विदुरको जस्तो ज्ञानी बन्नु भनिएको हो ।कीर्ति नारायणको जस्तो होस् भनिएको छ । यो मन्त्रमा आशीष दिँदातिमीलाई यी सबै प्राप्त होऊन भन्ने कामना गरिएको छ ।
नारीलाई मात्र आशीर्वाद दिने सन्दर्भमा
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुुते ।
सबैभन्दा उत्कृष्ट विजयशाली भएकाले जयन्ती भनिएको हो । आफ्ना भक्तलाई जीवन र मरणको बन्धनबाट मुुक्त गर्ने क्षमता भएकाले मङ्ला मानिएको हो । प्रलयको समयमा सबै सृष्टिलाई आफूभित्र समाहित गर्ने हुुनाले काली मानिएको पाइन्छ । आफ्ना भक्तको सदा भद्र सुुख चाहने हुनाले भद्रकाली मानिएको देखिन्छ । हातमा खप्पर र मुण्डमाला लगाउने हुनाले कपालिनी मानिएको छ । दुुःखपूूर्वक साधना गरेर प्राप्त हुने हुनाले दुुर्गा मानिएको हो । भक्तका सबै अपराधलाई क्षमा गर्ने शक्ति भएको हुुनाले क्षमा मानिएको छ । जगतको कल्याण चाहने भगवतीको रूपलाई शिवा मानिएको छ ।

संंसारको सबै प्रपञ्चलाई धारण गर्ने शक्ति विद्यमान रहेकाले धात्रीका रूपमा स्वीकार गरिएको छ । यज्ञमा स्वाहा र पितृहरूका लागि स्वधाका रूपमा रहने हे भगवतीरूपा तिमीलाई नमस्कार छ भनिएको छ । कस्तो वैज्ञानिक छ संस्कार, परम्परा र मान्यता । नारी सिर्जना शक्ति भएकाले भगवतीका रूपमा मानिएको हो । त्यसैले नारीलाई दिइने आशीर्वाद भगवती जगदम्बा केन्द्रित मानिएको छ । यो आशीष मात्र होइन । यो हाम्रो जीवनको आधार हो । मान्यजनले सधैँ हाम्रो कल्याण चाहेका हुुन्छन् । हाम्रो कल्याण चारैतिरबाट चाहने हाम्रा पूर्वजको परम्परालाई जीवन्त बनाएको छ । यो आशीर्वादको मन्त्र मात्र होइन । यो तजीवनका सबै दुुःखलाई आफूभित्र समाहित गर्ने नारीको वन्दना पनि हो ।

उपासनाको आधार संस्कार हो । यो हाम्रो पद्यति हो । संस्कार र पद्यति निरन्तर रहेमा मात्र हामी र हाम्रो कल्याण हुुन्छ । हामी आफ्ना मान्यता र परम्परालाई जीवन्त राख्न गतिशील हुने गरेका छौँ । हाम्रा चाडबाड र पर्वहरूका आआफ्नै मान्यता छन् । ती मान्यता संस्कार हुन्, परम्परा हुुन्, समाजका रीति हुुन् । ती रीति र परम्परालाई लत्याउने छुुुुट कसैलाई पनि छैन । धार्मिक सहिष्णुुताले भरिएको यो मुलुकमा जीवन बाँच्ने आधार खोज्नुु अनिवार्य छ । बाँच्ने सन्दर्भमा अरूलाई होच्याउने छुुट कसैलाई पनि छैन ।

नवरात्रमा गरिने सबै आराधना र उपासनालाई जीवन्त बनाउन अघि बढ्ने हामी एक अर्काप्रतिको विश्वासमा अघि बढ्नुु आवश्यक छ । संस्कार नभत्कियोस्, परम्परा समाप्त नहोस् । पूर्वजका मान्यता र जीवनको आधारलाई खोज्ने हाम्रो धरातलीय अवस्थालाई हामीले सम्मानपूूर्वक संरक्षण गर्नु आवश्यक मानिन्छ ।

नवरात्रमा गरिने सबै आराधना र उपासनालाई जीवन्त बनाउन अघि बढ्ने हामी एक अर्काप्रतिको विश्वासमा अघि बढ्नुु आवश्यक छ । संस्कार नभत्कियोस्, परम्परा समाप्त नहोस्, जीवनको आधार हाम्रा पूूर्वजले हामीलाई सुुम्पेर गएका छन् । पूर्वजका मान्यता र जीवनको आधारलाई खोज्ने हाम्रो धरातलीय अवस्थालाई हामीले सम्मानपूूर्वक संरक्षण गर्नु आवश्यक मानिन्छ ।

सबैभन्दा महान् पर्वका रूपमा हामीले मङ्सिर चार गतेलाई लिनुुपर्दछ । हामीले शक्तिको उपासनामा प्राप्त गरेको आशीर्वादलाई सोचेर, सम्झेर र विचार गरेरमात्र आफ्नो मताधिकारलाई प्रयोग गर्नु आवश्यक मानिन्छ । गणतन्त्र आफैमा सबल, सक्षम र देश विकास गर्ने पद्यति हो । यो पद्यति संसारका सबै देशको उत्तम शासकीय व्यवस्था मानिएको छ ।

भ्रष्टाचार गरेर गनाएका, देश लुुटेर डकार नलिएका, आफूू, आफन्त र आफ्ना आसेपासेलाई मात्र पालेका, देश जता जाओस् तर म सुुधारिनुुपर्दछ भनेर लागेका, भातलाई भुुजा भन्ने संस्कारमा पुुगेका, मध्यमवर्गको आदरलाई लत्याएर दरबारिया आइसियो र गइसियोको प्रचलनमा पुुगेका, जनताको हित र देशको विकासभन्दा आफ्नो कमाउने धन्दामा लागेका, राम्राभन्दा हाम्रालाई मान्यता दिएकालाई आफ्नो अमूल्य मत खेर नफालौँ । गणतान्त्रिक व्यवस्था र देशको उन्नतिलाई अघि बढाउनेलाई रोजौँ र भ्रष्टाचारीलाई छोडौँ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?