बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

हिमालय टाइम्स
Read Time = 2 mins

बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका-१ मा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

डाँडागाउँबाट बनेपातर्फ आउँदै गरेको बा५ख ४११७ नम्बरको बोलेरो खानीखोला गाउँपालिका-१ र बेथानचोक गाउँपालिका-६ को सिमाना गैरीभञ्ज्याङमा आज बिहान दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्याैपानेका अनुसार मृत्यु हुनेमा खानीखोला गाउँपालिका-४ का २५ वर्षीय दिपेश जिम्बा रहेका छन् । जिम्बाको शव परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको छ ।

सो घटनामा परी घाइते भएका चार जनामध्ये दुई जनाको धुलिखेल अस्पताल धुलिखेलमा र दुई जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धुलिखेल अस्पतालमा उपचार भइरहेको एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले गाउँबाट दसैँको लागि खसीबोका बेच्न ल्याउने क्रममा गाडी दुर्घटनामा परेको बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?