अब्दुस मियाँ गोरखा २ बाट चुनाब लड्ने !

Read Time = 1 min
A A- A+

गोरखा । गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा चुनावमा अब्दुस मियाँ उम्मेदवार बन्ने चर्चा सुरु भएको छ ।

नेकपा एमालेको तर्फबाट मियाँ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारी गर्नुभएको हो। उहाँ गत ६ असोजमा नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै उहाँलाई पार्टीमा प्रवेश गराउनु भएको थियो ।

त्यस अघि मियाँ काठमाडौँ ६ मा स्वतन्त्र चुनाव उठ्ने घोषणा गरिसक्नुभएको थियो । उहाँलाई पार्टी प्रवेश गराएपछि भएको एमालेको सचिवालय बैठकमा उहाँको ब्यबस्थापनका बिषयमा छलफल भएको थियो ।

उहाँलाई काठमाडौँ ६ बाट वा गोरखा २ बाट उम्मेदवार बनाउने ? भन्ने बिषयमा सचिवालय बैठकमा छलफल भएको थियो । गोरखा २ मा टिकट दिनका लागि लागि एमाले गोरखाका नेताहरुले केन्द्रीय कमिटीमा लबिङ पनि गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?