काठमाडौं । दशैँमा हामी अन्य समयमा भन्दा धेरै मासु खान्छौ । दशैँसँगै मासु खाने पर्वका रुपमा जोडिएर आउँछ । दशैँमा प्राय घरमा मासु हुनेहुनाले यो धेरैदिनसम्म राखेर खादा स्वास्थ्यमा असर पार्दछ । त्यसैले यसका विभिन्न परिकार बनाएर खादा राम्रो हुन्छ । सबै मासुलाई एकै प्रकारको बनाएर खानु भन्दा फरक फरक तरिकाले पकाएर खाएमा स्वादमा पनि फरक आउने हुन्छ ।
मासुका परिकारमा यसको रस (ग्रेभी) बनाएर खाने, पोलेर खाने, तारेर खाने, पक्कु बनाएर खाने, भुटनरक्ती खाने, छोयला लगायत पर्दछन् ।
आउनुहोस् यहाँ चर्चा गरौं छोयलाको -
दशैँमा पकाइने मासुको परिकार अन्तर्गत छोयला पनि एक हो । मासुका पारखीका लागि छोयला रोजाइमा पर्ने परिकार हो । यो खाना जति स्वादिष्ट छ, बनाउन पनि उत्तिकै सजिलो छ । हाम्रो भान्सामा पाइने सामग्रीबाट छोयला सजिलैसँग बनाउन सकिन्छ । चिकेन, हाँस, बफ, मटन लगायतका सबैजसो मासुको छोयला बनाउन सकिन्छ । जुनसुकै मासु भए पनि छोयला बनाउने विधि भने एउटै रहेको हुन्छ ।
आवश्यक सामग्री
मासु : एक केजी
लसुन र अदुवाको पेस्ट : १०० ग्राम
जिरा र धनियाँको धुलोः एक/एक चम्चा
मरिचको धुलोः आधा चम्चा
टिमुरको धुलोः स्वादअनुसार
तोरीको तेलः ५० ग्राम
नुन, बेसार, हरियो खुर्सानी र हरियो लसुन, हरियो धनियाँ आवश्यकताअनुसार
मासुलाई सफा गरेर चेप्टो र लामो आकारमा पिस बनाउने । नुन, बेसार राखेर राम्रोसँग मोल्ने । यसरी मोलेको मासुलाई आधा घन्टासम्म त्यसै छोपेर राख्ने । अब गोल, कोइला या ग्यासमा जाली राखेर मोलेको मासुलाई राम्रोसँग पाक्ने गरी पोल्ने ।
पोलेर तयार भएको मासुमा मरमसला, जिरा, रातो खुर्सानी, लसुन, अदुवा, धनिया, मरिच, टिमुर हालेर मज्जाले मोल्ने । तेल तताएर तयारी मासुलाई झान्ने । अन्त्यमा हरियो खुर्सानीको मसिनो टुक्रा र हरियो धनियाँ काटेर छर्कने । आफ्नो स्वाद अनुसार कागतीको रस पनि मिसाउन सकिन्छ ।
घरमा फ्रिज छ भने करिब आधा घन्टा चिसोमा राख्ने । यसले गर्दा मासुमा मसला पूरै भिज्न पाउँछ छोयलाको मीठो स्वाद बन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका