पहिरोका कारण दशैँमा घर फर्किने यात्रुहरुलाई सास्ती

हिमालय टाइम्स
Read Time = 2 mins

-मानबहादुर बिश्वकर्मा

कालीकोट । नेपालीहरुको महान चाँड बडा दशैँ मनाउनका लागि स्वदेश र विदेशबाट घर फर्किनेहरुको घुँईचो बढिरहेका बेला घर आउने यात्रुहरु संकटमा परेका छन् ।
कालीकोटको लालिघाट देखि नरहरिनाथ गाउँपालिका जोड्ने सडक खण्ड र खुलालु हुँदै लालु जोड्ने सडकको बीचमा गएको पहिरोले दशैँमा घर फर्किएका नागरिकलाई यात्रामा कठिनाई भएको हो ।

लालिघाट देखि नरहरिनाथ गाउँपालिकाको केन्द्र जोड्ने सडक खण्डको वडा नं-१ मा पर्ने चुल्ठी डाँडा आसपास क्षेत्रमा हिलाम्मे सडकले गाउँपालिकाको केन्द्रसम्म गाडी नपुगेको र खुलालु देखी लालु सम्मको सडक खण्डको बिचबिचमा गएको पहिरो र भिरबाट खसेको ढुंगाका कारण यात्रुहरु संकटमा परेका हुन् ।

मोटर गाडी गुडाउने चालक तथा सवारी धनीहरुले आफ्नो सवारी साधन दिनहुँ बिग्रीदा लाखौँ हुने खर्चका कारण आफुहरु घाटामा परेको र सेवाका लागी भएपनि गाडी गुडाउन बाध्य भएको सवारी धनि दमन बिष्टले बताउनुभयाे ।

वालबालिका, वृद्ध, अपाङ्ग र असहायहरुका लागि भने झनै कष्टकरको यात्रा छ । सडकहरुमा यात्रा गर्ने यात्रु र चालकले आफ्नो ज्यानलाई धरापमा राखेर यात्रा गर्नुपर्ने बाध्यात्मक परिस्थितीप्रती स्थानीय सरकार गम्भिर नहुँदा आफुहरु दुःखित भएको स्थानीय जगत बिष्टल बताउनुभयाे । ‘उहाँले भन्नुभयाे, दैनीक यात्राका लागी प्रयोगमा आउने सडकहरुको मर्मत नहुँदा स्थानीय मारमा परेको उहाँले बताउनुभयाे ।

नियमीत प्रयोगमा आइरहने सडकहरु मर्मत नहुँदा नागरीकले सास्ती खेपीरहनु परेको छ तर सडक मर्मतमा स्थानीय सरकारको भने अहिलेसम्म ध्यान पुग्न सकेको छैन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?