-रमेश विश्वकर्मा
गुल्मी । गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको लागि एक कार्यक्रम बीच मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको हो ।
निर्वाचन क्षेत्र नम्बर १ को लागि निर्वाचन कार्यालय र मुख्य निर्वाचन कार्यालय जिल्ला अदालतमा स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायधिश बसन्तराज पौडेल रहनुभएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ को लागि जिल्ला शिक्षा तथा समन्वय इकाईमा कार्यालय स्थापना गरिएको छ । क्षेत्र नम्बर २ को लागि शिव बहादुर थापा निर्वाचन अधिकृतको जिम्मेवारी पाउनुभएको छ । कार्यालय स्थापना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, नागरिक समाजका अगुवा, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।
आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि यस जिल्लामा कूल दुई लाख २३ हजार ६१५ जना मतदाता कायम भएका छन् । जसमा पुरुष एक लाख १० हजार ३१५, महिला एक लाख १३ हजार २९८ र अन्य २ जना रहेका छन् ।
यस जिल्लामा दुई संघीय निर्वाचन क्षेत्र र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । दुई निर्वाचन क्षेत्रमा १४२ मतदान स्थल र २७८ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार मतदाता संख्याको आधारमा मतदान केन्द्र थपघट गरिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको