नगरप्रमुख साहद्वारा कुश्ती प्रतियोगिताको उद्घाटन

कलैया उपमहानगरपालिका १२ सपहीमाई मेलामा सोमबार खुल्ला कुश्ती प्रतियोगिताको उदघाटन गर्दै कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद प्रसाद साह ।

हिमालय टाइम्स
Read Time = 4 mins

-संजीव कुमार मिश्रा
बारा । एक दिने खुल्ला कुस्ती (दंगल) प्रतियोगिताको कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद प्रसाद साहले सोमबार उदघाटन गर्नुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख साहले खेलले मानिसलाई स्वस्थ र अनुशासित बनाउने भएकोले यस्ता खेलहरुको आयोजना गर्नु स्वास्थ्यको लागि पनि राम्रो हुने बताउनुभयो । उहाँले स्वस्थ्य जीवनको लागि खेल नभई नहुने भएकोले यस्ता खेलहरुको आयोजना हुनु पर्नेमा जोड दिनुभयो । अहिलेको आधुनिक युगमा मानिस शारीरिक भन्दा मानसिक परिश्रम बढी गर्ने गरेका छन् जसको कारण शरीर कमजोर हुँदै गएको छ । शरीर स्वस्थ राख्न यस्ता खेलहरु खेल्ने, प्रतियोगिताको संचालन हुने भएपछि मानिस भित्र लुकेर रहेको प्रतिभा पनि बाहिर आउने भएकोले यस्तो क्रियाकलापहरुको आयोजना हुनु पर्ने उहाँले बताउनुभयो ।

शरीर स्वस्थ भयो भने काम गर्न जोश जाँगर पलाउँछ । अहिलेका युवाहरु शारीरिक श्रम भन्दा मानसिक श्रम बढि गरिरहेको अवस्था छ । उनीहरु शारिरीक गतिविधिमा नलाग्दा रोगबाट ग्रसित हुने गरेकोले यस्ता प्रतियोगिताले शारीरिक गतविधि तर्फ उनीहरुलाई आकर्षण गर्छ र उनीहरु पनि स्वस्थ र अनुशासित जीवन जिउने तर्फ उन्मुख हुने मेयर साहले दावी गर्नु भयो ।

बाराको कलैया उपमहानगरपालिका १२ धर्मनगर स्थित सपहीमाई मन्दिरमा लागेको मेलामा मनोरञ्जनका लागि सुरु भएको खुल्ला कुस्ती प्रतियोगिताको खेलमा नेपाल र भारतका गरी ३ सय जना कुश्ती खेलाडीहरुले भाग लिने भएका छन् । खेलमा दाउ हान्नेहरुमा मुख्तार अंसारी, ब्रहमदेव, मुन्नीला, सैतान सिह लगायतका रहेका छन् । कुश्ती प्रतियोगितामा प्रथम हुने खेलाडीलाई ३ हजार र दोश्रो हुनेलाई २ हजार रुपैयाँ प्रदान गरिने सचिव आशुतोष पाण्डेयले जानकारी दिनुभयो ।

प्रतियोगिता आयोजनाको लागि सपही मेला समितिले १ लाख र कलैया उपमहानगरपालिकाले १ लाख ५० हजार गरी २ लाख ५० हजारको सहयोगमा प्रतियोगिता संचालन गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका बारा जिल्ला सचिव अध्यानन्द पाण्डे, एमालेका पोलिट व्यूरो सदस्य जवाला साह, महम्मद समिर, कलैया उपमहानगरपालिका १२ का वडाध्यक्ष लालबाबु मण्डल, २७ का अशोक तिवारी, २७ का धर्मेन्द्र प्रसाद यादव, पूर्व वडाध्यक्ष राजेश्वर प्रसाद केशरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन कलैया उपमहानगरपालिका-१२ का सचिव आशुतोष पाण्डेले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?