सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पाँच दलीय गठबन्धनको बैठक आज पनि बैठक बस्दै छ। सिट बाँडफाँडका लागि सोमबार बसेको बैठक पनि निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो ।

शीर्ष नेताहरूको बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ ।

आगामी निर्वाचनका लागि गठबन्धनभित्र सिट फाँडफाँट टुंगो लाग्न सकेको छैन्। कुन दलले कति सिट लिने भन्नेमा सत्ता गठबन्धनमा कुरा नमिल्दा सिट बाँडफाँटको सहमति हुन सकेको छैन्।

कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले एक महिना छलफल गरे पनि सिट बाँडफाँट टुंग्याउन नसकेर शीर्ष नेताहरूलाई जिम्मेवारी दिएको थियो। सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको असोज २० गते दुई महिना पुग्दै छ।

प्रतिनिधिसभाका सिटमा मात्र नभएर प्रदेश सभाका धेरै सिटमा दलहरुबीच सहमति जुट्न बाँकी छ। कतिपय ठाउँमा कांग्रेस र माओवादीले दावी छाडेका छैनन् भने कतिपयमा एस र जसपा पनि पछि हटेका छैनन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?