कथा कालीको विद्रोहको

खासमा हिन्दुस्तानी धर्मको कुनै एक पुस्तक छैन। एउटै देवताको सम्बन्धमा विभिन्न ग्रन्थहरूमा विभिन्न प्रकारका पाठहरूको उपस्थिति स्वीकार्य छ र आम पूजा विधि पनि यी ग्रन्थहरूमा फरक फरक रहेको देखिन्छ।

हिमालय टाइम्स
Read Time = 18 mins

काठमाडौं । केही महिना अगाडि लैंगिक न्याय र स्वतन्त्रतामा आफ्नो विश्वासको प्रतीक कालीको छविलाई एक भारतीय महिला निर्देशकले आफ्नो कुरा भन्नका लागि छनौट गरिन। त्यसको विरोधमा इन्टरनेटमा आगो ओकलिरहेका यी ‘आस्थावान’ हरू महिलाहरू स्वतन्त्रताको यो उन्मुक्त चित्रणबाट डराएका हुन त ? वा कालीको स्वतन्त्रताको पक्षमा नारीले गरेको कुराले उनीहरूलाई अप्ठ्यारो परिरहेको छ ?

‘त्यसपछि अम्बिकाले ती शत्रुहरूप्रति ठूलो क्रोध प्रकट गरिन्। त्यतिबेला रिसले उनको अनुहार कालो भयो। निधारमा आँखीभौंहरू माथि उठेका थिए, र त्यहाँबाट तुरुन्तै तरबार र पासो बोकेकी विकरालमुखी काली देखा परिन। उनी मालाले सजिएकी थिइन्। उनको शरीरको मासु सुकेको थियो, हड्डीको संरचना मात्र थियो, जसले गर्दा उनी निकै डरलाग्दो देखिइन। उनको मुख एकदमै ठूलो थियो, मुखबाट बाहिर निक्लिएको जिब्रोका कारण उनी झनै डरलाग्दो देखिइन। उनका आँखाहरू भित्री गढेका थिए र केही राता थिए, उनको भयंकर गर्जन चारै दिशामा गुन्जिरहेको थियो। ठूला राक्षसहरूलाई मार्दै कालिका देवी ती राक्षसहरूको सेनामाथि तुरुन्तै आक्रमण गरिन् र सबैलाई खान थालिन्।’

(श्रीदुर्गसप्तशती, सातौं अध्याय, श्लोक ५-९, गीताप्रेस गोरखपुर)

यो दुर्गा सप्तशतीमा देवी कालीको अवतारको सन्दर्भ हो। यो कालीको परिचित रूप र प्रकृति हो, जसको छविहरू गाउँ र गाउँका प्रसिद्ध मन्दिरदेखि काली स्थानहरूमा देख्न सकिन्छ। यी मूर्तीहरूको अस्तित्वको प्रमाण मौर्यकाल पछि सुरु हुन्छ। हातमा काटिएको टाउकोको, रगतको भाँडो र खप्परहरूको माला लगाएर शिवको छातीमा उभिएकी कालीको छवि आधुनिक हिन्दुत्ववादीहरूको आस्थामा गम्भीर खतरा हो त ?

प्रश्न के हो भने, यिनीहरूलाई कालीको यो चिरपरिचित छविसँग यति धेरै गुनासो छ भने उनीहरूको आस्था कालीसँग कसरी जोडिएको होला ? त्यसैले त यहाँ प्रश्न आस्थाको होइन आस्थाको नाममा राजनीतिक परिचालन वा गोलबन्दीको हो।

तपाईँलाई ‘पञ्चायत’ नामक वेबसिरिजको रोइरहेको बेहुला याद छ, जसले मानअपमानको कोलाहल मच्चाएर रुदैँ गरिब सचिवको ‘घुम्ने कुर्सी’ मा कब्जा जमाएको थियो ? याद गर्नुहोस् घुम्ने कुर्सी पाएपछि उसको त्यो आँसु पुछ्दाको अनुहार र त्यो डरलाग्दो मुस्कान। ‘आस्था’ का नाममा हरेक दिन चलिरहेको रोनाधोना त्यस्तै लाग्दैन तपाईँलाई ?

यिनीहरूलाई हरेक दिन आफ्नो ‘आस्था’ नाममा अरूको आस्था, मूल्य र मान्यताको एक एक टुक्रा चाहिएको छ। ती टुक्रा उनीहरू रोइ दिन्छन्। अनि भन्छन् गिरफ्तार गर, जेल हाल ! मानौ यो आस्था हैन हनुमानजीको पुच्छर हो, बढ्को बढ्यै गर्ने !

आस्था अनेक प्रकारको हुन सक्छ। तपाईं र हाम्रो आस्था फरक हुन सक्छ र कहिलेकाहीँ आमनेसामने पनि हुन सक्छ। कसैलाई एउटै भगवानमा आस्था हुन सक्छस कसैको आस्था धेरै देवीदेवताहरूमा हुन सक्छ त कसैलाई भगवानको अनुपस्थितिमा नै आस्था हुन सक्छ। त्यसो भए अहिले कसको आस्थालाई बाँकी राख्ने कसको सखाप पार्ने भने निर्णय गर्ने काम भइरहेको हो ?

आधुनिक महिलाको प्रजातन्त्र, स्वतन्त्रता र लैङ्गिक समानता जस्ता मूल्यमान्यतामा आस्था हुन सक्छ। त्यसोभए अहिले सत्ताको लाठी बोकेकाहरूले अरू सबै प्रकारका मानिसहरूले आफ्नो आस्था त्याग्नु पर्छ, अन्यथा उनीहरू अर्थात सत्ताधारीको आस्थामा चोट पुग्छ र चोट पुगेमा परिणाम भयानक हुनेछ भनेर घोषणा गरिरहेका हुन ?

यसलाई अर्को तरिकामा भन्नुपर्दा, यदि कसैले काली र शिव मिलेर अर्धनारीश्वर बन्छन्, यी एउटै सिक्काका दुई पाटा वा बराबर हुन्, र स्त्रीत्व तथा पुरुषत्वको परिभाषाभन्दा पर छन् भन्ने विश्वास गर्छ भने कुनै पनि प्रमुख विचारधारा वा समूहको आस्थामा चोट पुग्ने खतरा सधैं रहन्छ।

आधुनिक संघर्षहरू मध्येको एक, एलजीबीटीक्यूं आन्दोलन आफूलाई अर्धनारीश्वरको छविसँग जोड्छ, संघर्षका लागि शक्ति प्राप्त गर्छ र अर्धनारीश्वरलाई यसको प्रतीकको रूपमा ग्रहण गर्छ भने पनि यसले कसैको कोमल आस्थालाई आहत गर्न सक्छ१

किनभने सायद उनीहरूको आस्था भगवानलाई लैङ्गिक भेदभावको प्रतिनिधि वताउने कुरासँग जोडिएको हुन सक्छ१ नत्र किन एलजीबीटीक्यूं झण्डाले उनीहरूलाई मर्माहित बनाउँदैन ? अनि, देवीको हातमा चिलिमरु सुल्फारु शिव१ शिव१ यो भन्दा लाजमर्दो कुरा के हुन सक्छ १ देवी काली कसरी यति स्वतन्त्र, यति मुक्त हुन सक्छिन् !

हामीले चोकचोकमा र छात्रावासका कोठाहरूमा मस्तसँग मगन भएर गाँजा तानिरहेका शिवजीको पोस्टर टाँसेको देखेका छौं। साउनको सोमबार शिवजीलाई भांग(दतुरा पनि चढाइन्छ। हो, तर महादेव त पुरूष हुन, देवताहरूका पनि देव।अनि के अब देवीलाई पनि त्यस्तै देखाउने त ?

आखिर, देवीभगवतीका लागि पनि, अहिलेका हाम्रा हिन्दूत्ववादी केही ‘स्त्रियोचित’ मर्यादाहरूको कुरा गरिहाल्छन्। मार्कण्डेय पुराणमा देवीको हातमा भएको पानपात्र वर्णन होस् वा देवीभगवतीले मदिरा सेवनका कुरा हुन वा उनको पूजामा मदिरा चढाउने निर्देशनजस्ता कुराको अहिलेका हिन्दूत्ववादीलाई खासै वास्ता छैन। यो सबै पुराणको कुरा हो। हिन्दुत्वको यो नयाँ युगमा देवीले पनि सभ्य, सम्मानजनक र ‘स्त्रियोचित’ व्यवहार गर्नुपर्छ। यो बाहेक अन्य कुनै पनि छविलाई हिन्दूत्वमाथि आक्रमणको रूपमा हेरिनेछ र मासु, मदिरा वा विजया (भाग) चढाउँदै देवी पूजा गर्नु वा अन्य कुनै पनि विधिले आराधना गर्नु वा देवीभगवतीले स्वतन्त्र व्यवहार गरेको देखाउनुलाई हिन्दू धर्मको अपमानको रूपमा हेरिनेछ।

खासमा हिन्दुस्तानी धर्मको कुनै एक पुस्तक छैन। एउटै देवताको सम्बन्धमा विभिन्न ग्रन्थहरूमा विभिन्न प्रकारका पाठहरूको उपस्थिति स्वीकार्य छ र आम पूजा विधि पनि यी ग्रन्थहरूमा फरक फरक रहेको देखिन्छ।

एक सामान्य नारीले पुराण वा कर्मकाण्डको सहाराले मात्र आफ्नो भगवानको पूजा गर्नुपर्छ भन्ने छैन। मूर्तिमा तेल, दही, बेसार चढाएर वा कुनै पनि मूर्तिविना माटो वा चामलको पीठोले भित्तामा छापा लगाएर पनि भगवानसँग संवाद स्थापित गर्न सक्छिन।वा बीसौं शताब्दीमा लेखिएको चालिसाबाट मात्रै आफ्ना दुःख र सुख भगवानलाई बताउन सक्छिन्।

हामीले हाम्रो समुदायमा काली पूजामा बलि दिएको देखेका छौं, अनि हरेक दशैमा देवी पूजा र हतियारको पूजासँगै नवरात्रि समाप्त हुने कुरा पनि थाहा छ। देवीलाई विजया अर्पण नगरी यो अस्त्र पूजा पूरा हुँदैन। हतियारको पूजा पछि, संधान वा बलिको परम्परा छ । तर हिन्दू धर्मको सबै शाखाहरूको वैष्णवीकरण गर्दै सबै पुजा विधिहरू क्रमशः समाप्त गराइदै छ।

अब त हामी उनीहरूसँग लोक रीतिरिवाजको सहारामा कुरा पनि गर्न सक्दैनौं। उनीहरूलाई त धर्मशास्त्रीय प्रमाण चाहिन्छ। यहाँ, केही समयको लागि धर्मको बहुलवादी अवधारणालाई जोड दिन छोडेर, हामी हिन्दूत्ववादीहरूको मनपर्ने गीताप्रेसद्वारा सम्पादन गरिएको मार्कण्डेय पुराणको एक अंश, ‘श्रीदुर्गसप्तशती’ मा रहेको देवी काली जन्म, रूप र पूजासँग सम्बन्धित केही अंशहरूका बारेमा कुरा गरौँ न।

जसलाई देवीको यो रूपसँग नै समस्या छ, उनीहरूले आफूलाई देवीको भक्त कसरी भन्न सक्छन् ?

सा च तान् प्रहितांस्तेन चूर्णयन्ती शरोत्करैः
उवाच तं मदोद्धूतमुखरागाकुलाक्षरम् .... ३६

देव्युवाच ..... ३७

गर्ज गर्ज क्षणं मूढ़ मधु यावत्पिबाम्यहम्
मया त्वयि हतेऽत्रैव गर्जिष्यन्त्याशु देवताः ३८

त्यो बेला देवीले आफ्नो बाणले उसले फ्याँकेका पहाडलाई चकनाचुर बनाउदै बोलिन। बोल्दै गर्दा उनको अनुहार मदिराको मदले रातो भएको थियो र उनको स्वर लडबडाएको थियो।।

देवीले भनिन्। ३७

हे मुर्ख, जबसम्म म मदिरा पिउछु, तबसम्म त क्षणभरकाका लागि मजाले गर्जी। मेरो हातबाट तेरो मृत्यु भएपछि चाडै नै देवताहरू पनि गर्जनेछन्। ३८

(श्रीदुर्गसप्तसती, अध्याय ३, गीताप्रेस)

दुर्गा सप्तशतीमा वर्णित दुर्गाको यो रूपमा देशका करोडौं जनताको आस्था छ। यदि कसैले यो ‘मधु’ को अर्थ महको रूपमा बुझ्न चाहन्छ भने उसलाई देवी सरस्वतीले कृपा गरून् !

कालीले रक्तबीजको रगत पिएपछि काली र रक्तबीजको कथामा देवीलाई बलि चढाउने परम्पराको स्रोत हामी देख्न सक्छौं।

देवताहरूलाई दुःखी देखेर चण्डिकाले कालीलाई शीघ्रतापूर्वक भनिन्-‘चामुंडे १ तिमीले आफ्नो मुख झनै फैल्याउ र मेरो हतियार प्रहारबाट खसेको रगतको थोपा र त्यसबाट उत्पन्न हुने महादैत्यहरूलाई तिमीले आफ्नो मुखले खाइदेउ। युद्धस्थलमा चारैतिर घुमेर रगतले जन्मेका महादैत्यहरूलाई खाँदै जाउँ। यसो गर्नाले त्यो दानवको सारा रगत खतम भयो भने ऊ स्वयम् पनि नाश हुन्छ। ती डरलाग्दा राक्षसहरूलाई खाएपछि अरू नयाँ राक्षसहरू जन्मिने छैनन्।

कालीलाई यसो भन्दै चण्डिकादेवीले रक्तबीजलाई बल प्रयोग गरी मारिन्। अनि कालीले आफ्नो मुखमा रगत लिइन्। त्यसपछि उसले चण्डिका देवीलाई गदा प्रहार गरे। तर त्यो गदा प्रहारले देवीलाई कुनै पीडा दिएन। रक्तबीजको घाइते शरीरबाट धेरै रगत बगेको थियो। त्यो दानव लड्ने बित्तिकै चामुण्डाले मुखमा लिएर गइन्। रगत बगेर कालीको मुखमा जन्मेका महादैत्यहरूलाई पनि उनले खाइन् र रक्तबीजको रगत पनि पिइन्। त्यसपछि देवीले रक्तबीजलाई वज्र, बाण, खड्ग र ऋष्टी आदिले चामुण्डाले पिएर मारिन्। राजन ! यसरी हतियारको समुदायबाट घाईते र रक्तहीन महादैत्य रक्तबीज पृथ्वीमा ढल्यो। नरेश्वर ! यसबाट देवताहरूलाई अतुलनीय आनन्द प्राप्त भयो। अनि ती राक्षसहरूको रगतको नशामा समग्र मातृगण नाच्न थाले।

(श्रीदुर्गसप्तशट्यम्, अष्टमोध्याय, ५३–६३)

सप्तशतीमा काली पूजामा मासु, रगत र मदिरा चढाउने चलन रहेको स्पष्ट उल्लेख छ।

अलंकार, सुगन्ध, फूल, अक्षत, धूप, दीप र नैवेद्य, रगत सिँचिएको यज्ञ, मासु र मदिरासहितका विभिन्न प्रकारका खाद्यवस्तुले अर्घ्यले देवीको पूजा गरिन्छ।

यहाँ गीताप्रेसले छुट्टै टिप्पणी वा स्पष्टीकरण थपेको छ, जुन यस्तो छ,

ब्राह्मण बाहेक यज्ञ र मासु आदिले गरिने पूजालाई भनिएको छ। उनीहरूका लागि मासु र मदिरासहित पूजा गर्ने विधान कतै छैन। (श्रीदुर्गसप्तशट्यम्, पृष्ठ २०३, २०४, वैकृतिम् रहस्यम्)

खासमा महुआ मोइत्राले कसैलाई अपमान गरेकी थिइनन् केवल आफ्नो आस्था बचाउन प्रयास गरेकी थिइन जसको स्रोत पुराण र दुर्गा सप्तशतीमा पनि छ। न त लीना मणिमेकलाई कालीलाई आधुनिक रंगमा देखाएर कसैको आस्था तोडिनन्।

वास्तवमा, हिन्दुत्वको पितृसत्तात्मक विचारधाराको विरोध गर्नु यी महिलाहरूको आफ्नै आस्था हो। यहाँ सप्तशतीमा रहेको हिंसा र त्यसको धर्मसँगको जटिल सम्बन्धको बारेमा कुरा गर्नुको सट्टा आधुनिक हिन्दुत्व पितृसत्तामा हामीले केन्द्रित भयो भने माथि उल्लेखित देवी कालीको यो रूप पितृसत्ताले स्वीकार गरेको कुनै पनि ढाँचामा फिट नहुने देख्छौं।

महिलाको व्यक्तित्वको त्यो शक्ति पक्ष जसको उग्रता र स्वतन्त्रताले गाउँ, गाउँ वा सहरका सबै धार्मिक महिलाहरूलाई आत्मविश्वासले भरिदिन्छ। जब एक महिला निर्देशकले आफ्नो लागि बोल्न कालीको छवि छनोट गर्छिन्, यो लैंगिक न्याय र स्वतन्त्रतामा उनको आस्थाको प्रतीक हो।

के इन्टरनेटमा आगो ओकलिरहेका सबै ‘आस्थावानहरू’ महिलाको स्वतन्त्रताको यो स्पष्ट चित्रणबाट डराउँछन् ? के कालीको स्वतन्त्रताको पक्षमा नारीहरू बोल्दा उनीहरूलाई अप्ठ्यारो परेको छ ? रगत पिएर खप्परहरूको माला लगाएर आमजनताको मनमा कालीको छवि परिवर्तन गर्न खोजेका हुन् ?

यस्तो अवस्थामा उनीहरुको साँच्चै कलीप्रति आस्था छ कि आफ्नो प्रभुत्वको राजनीति मात्रै गरिरहेको छ भन्ने प्रश्न उठ्नु स्वभाविक हो रु वास्तवमा, उनीहरूले यो भन्दैनन्, तर उनीहरूलाई खप्परहरूको माला मात्र लगाएकी कालीको दिगम्बर स्वरूपमा आपत्ति छ।

एक नारी, देवी नै किन नहुन् उनको स्वतन्त्र रूपले पितृसत्ताको सिंहासन हल्लाउँछ। मूलधारको पूजामा यस्ता प्रतीकहरूको उपस्थिति र चर्चा उनीहरूका लागि राम्रो होइन। यो पक्कै पनि कालीलाई मात्र नभई हिन्दुत्व पितृसत्ताले नियन्त्रण गर्न नसक्ने सबै धार्मिक प्रतीकहरूलाई तर्साउने प्रयास हो।

अहमदाबाद विश्वविद्यालयमा हिन्दीमा अनुसन्धानरत चारु सिंहको द वायरमा प्रकाशित आलेखको भावानुवाद।

  • श्रोत :आइएनएस-स्वतन्त्र समाचार

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?