रौतहटमा धामीझाँक्रीद्वारा दशैँमा ब्रह्मलुट, स्थानीय प्रशासन मौन

Read Time = 4 mins

-संजय मिश्रा
रौतहट । रौतहटमा धामीझाँक्रीहरुले प्रसाद र भाकल बापत बोका चढाउने नाउँमा ब्रहमलुट मचाएका छन् ।

भाकल दिने नाउँमा करोडौंको बोकाको बलि र बलि दिएको बापत धामीझाँक्रीहरुले कारणी अर्थात बलि चढाउन आउने संग लाखौं रुपैया असुल गरिरहेका छन् । गाउँका कतिपय अगुवाहरु त्यस्ता धामीझाँक्रीको संरक्षण गर्ने गरेका छन् ।

कटहरिया नगरपालिका ५ का झाक्री स्थानीय भाषामा भाग्ता सिकिन्दर यादवले तन्त्रमन्त्र गर्ने स्थान स्थानीय भाषा टेकामा अहिले टाढा टाढा बाट मानिसहरुले १५० भन्दा बढी बोका थुपारेका छन् । बोका ल्याउने कारणी अर्थात पीडितले भाग्ताको लागि धोती,कुर्ता,गन्जी,गम्छा र उनको श्रीमतीको लागि साडी लगायतका कपडाका साथै भग्ताले भने अनुसारको खाद्यान्न लिएर गएका छन् ।

आज नवमिका दिन दिउँसो ४ बजे देखि उक्त बोकाहरुको बलि दिईने बताईएको छ । बलिदिए बापत कारणिले भग्तालाई दुई हजार रुपैया दिनुपर्ने ब्यवस्था रहेको छ।

भाग्ता सिकिन्दर यादवले आफू बर्षभरी कार्णिको सेवा बापत उक्त रकम लिने गरेको बताए् । आफुले पुजा गर्ने कुल देउताले सबैको कल्याण भएर चढावा र बलिदिन बोका ल्याएको भाग्ता यादवको दाबी छ। उनी जस्तै कटहरिया ७ पिप्रापोखरियाका भाग्ता रामनारायण यादवले गाउँ छेउमै लगाएको टेकामा अहिले २५० भन्दा बढी बोका जम्मा भएको छ। भाग्ताले एउटा बोका बलिदिएको बापत २५ सय रुपैया असुली रहेका छन् । बलि बापत भाग्ताले लिने पैसा लाई स्थानीय भाषामा चिराकी भन्ने गरेको बताईन्छ। रौतहटमा यो दुई स्थानमा मात्र नभै बडा दशैंमा भाग्ताहरुले दर्जनौं स्थानमा टेका लगाएर तन्त्रमन्त्र झारफुक गर्नुका साथै बलि, पूजा र चढावनाको नाउँमा करोडौं रुपैया असुली रहेका छन् ।

यसरी ठगी आएको रकम कतिपय भाग्ताले नजिकका प्रहरी तथा गाउँका केहि अगुवालाई समेत दिने गरेको दाबी गरेका छन । भाग्ताहरुको टेकामा अंधबिश्वासमा परेर बलिदिने चढावा दिनेमा दलित, गरिब, अशिक्षितको संख्या अधिकांश रह्ने गरेको कटहरियाका पूर्व उपाध्यक्ष जयप्रकाश यादवले बताउनु भयो ।

समाजसेवी गणेश साह कलवारले जिल्लामा दुई दर्जन बढी भाग्ताहरु झारफुकको नाउँमा सोझासाझा जनता संग करोडौं रुपैया अबैध असुली गर्ने गरेको बताउनु भयो ।

कटहरिया ५ मा एकजना भाग्ताले यसरि नै ठगी गरिरहँदा तत्कालीन ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई कृष्णप्यारा खरेलले भग्तालाई पक्राउ गरि कानुन कार्वाहीको दायरामा ल्याए पछि झन्डै एकदशक देखि बन्द रहेको झारफुक पुनः तिन चार बर्ष देखि सुरु भएको समाजसेवी कलवारले बताउनु भयो ।

यसरी झारफुक,तन्त्रमन्त्रको नाउँमा बिपन्न,गरिब,दलित,अशिक्षितलाई करोडौं ठगि गर्ने भाग्तालाई कानुनी कार्वाहीको दायरामा नल्याएसम्म समाजमा यस्तो बिकृती कायम रह्ने प्रायः निस्चित रहेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी बिरबहादुर ठाडा मगरले यस्तो बिकृती रोक्न तत्काल पहल गर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?