जाजरकोटमा मकै भित्र्याउँदै, दशैँ मनाउँदै

सांकेतिक तस्बिर

रासस
Read Time = 2 mins

जाजरकोट । जाजरकोट, रकुम पश्चिम र डोल्पाका कृषक वर्षेवालीको रुपमा रहेको मकै भित्र्याउन थालेका छन् । मौसम पूर्व अनुमान विभागले पानी पर्ने आकलन गरेसँगै यहाँका किसान मकै भित्र्याउनेमा जोड दिन थालेका हुन् ।

तीन जिल्लाको लागि मकै खेती सबै ठुलो बाली हो । मकै भित्रयाएसँगै खनतोज गरेर तोरी अर्थवा गहुँ लगाउने गरिन्छ । आकाशे पानीको भरमा लगाइने तोरी र गहुबाली जमिन ओसिलो हुँदै लगाउने पर्ने बाध्यता छ । मकै भित्र्याएको लामो समयसम्मा जमिन खाली राखेमा ओसिलो पन हराउँदै जाने भएकाले छिटोभन्दा छिटो खनजोत गरेर काम पुरा गर्नुपर्ने बाध्यता रहेको नलगाड नगरपालिका-८ का हरिबहादुर खत्रीले बताउनुभयो ।

माथिल्लो भागमा मकै भित्र्याउने क्रम जारी रहेको छ भने तल्लो तथा मध्यभागमा तोरी र गहुँ लगाउने काम सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । ढिला गरेर तोरी र गहुँ रोपेमा उम्रिने समस्या हुने भएकाले किसान दशैँ भन्दा बढी खेती किसानीतर्फ नै केन्द्रीत हुनुपरेको पञ्च भयार मावि नलगाड का शिक्षक वीरबहादुर खत्रीले बताउनुभयो ।

हिउँदेबालीको लागि काम गर्नुपर्ने भएकाले किसान खेतबारीमै दशैँ मनाउने अवस्थामा पुगेको रुकुम पश्चिम आठबीसकोटका तिलक बटालाले बताउनुभयो । गाउँमा पहिले जस्तो पिङ लगाउने, मेला जाने अवस्था कम हुँदै गएको उहाँको बुझाइ छ । गाउँमा यूवाहो सङ्ख्यासमेत कम छ । वैदेशिक रोजगारीका कारण यूवा गाउँमा कम मात्रामा छन् ।

गाउँ, गाउँमा मदिराको बढी व्यापार हुने भएकाले गाउँमा घुम्ने वातावरण  नभएको बारेकोट गाउँपालिका-५ का गणेश शाही बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?