कसरी जुराइन्छ समुद्री आँधीको नाम ?

हिमालय टाइम्स
Read Time = 4 mins

न्युयोर्क । समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । विनाशको पर्याय बनेको आँधीबाट नडराउने त कोही भएन् । विभिन्न देशले प्रत्यक्ष अप्रत्यक्ष रूपमा आँधीको अनुभव गरेका छन् । आँधीले विभिन्न देशमा ठूलो जनधनको क्षति गरेका छन् ।

यसै साता शक्तिशाली तुफानसहितको समुद्री इयान आँधीले अमेरिकाको फ्लोरिडा राज्यमामा ठूलो भौतिक क्षति गरेको थियो । आँधीपछिको वर्षाका कारण कैयौँ घरहरू डुबेका थिए । आँधीका कारण १८ लाखभन्दा बढी मानिस विद्युत आपूर्ति बन्द हुँदा अन्धकारमा बस्न बाध्य भएका थिए आँधी हरेक क्षेत्रमा आउने गर्छ । आज हामी आँधीको क्षति भन्दा पनि त्यसको नाम कसरी जुराइन्छ भन्ने विषयमा चर्चा गर्न लागिरहेका छौँ ।

आँधीको पहिचान, त्यसले पु¥याउने क्षति र निश्चित आँधीसँग सम्बन्धित विषय सम्झनाका लागि लामो समयदेखि यसको नामाकरण गर्ने अभ्यास छ । आँधीको नामकरण गर्दा निश्चित साइक्लोनबारे रिपोर्ट गर्न र समुदायलाई तयार हुन सजिलो बनाउने विज्ञहरू बताउँछन् ।

यति आक्षांश र देशान्तरमा यसरी हावाहुरी आउँदैछ भन्नु भन्दा पनि त्यसलाई निश्चित नामले सम्बोधन गर्दा सहज हुन्छ । सुरूवाती दिनमा आँधीको नाम जथाभावी राखिन्थ्यो । सन् १९५० को मध्येदेखि आँधीको नाम राख्ने प्रचलन सुरू भएको हो ।

सुरूमा महिलाको नामबाट आँधीको नाम राखिन्थ्यो । विस्तारै जलवायु तथा मौसमविद्ले अक्षरको बर्णअनुसार नाम राख्न थाले । जस्तै पहिलो पटक आउने आँधीको नाम ए बाट राख्न थालियो । अर्को पटक आउने आँधीलाई बीबाट नामाकरण गरियो ।

यस्तो नामकरण सम्बन्धित क्षेत्रका राष्ट्रिय हुरिकेन सेन्टरले गर्छन् । र, ती सेन्टर विश्व जलवायु संगठन ९डब्लुएमओ ० को अन्तराष्ट्रिय समितिबाट निरन्तर अपडेट हुन्छन् ।

सन् १९७९ पछि पहिलो पटक आँधीमा महिलाको नाम राखिन थालिएको थियो । सामान्यतया आँधका लागि ६ ओटा नाम ‘रोटेसन’ का आधारमा राखिन्छ । तसर्थ, सन् २०१९ मा राखिएको नाम सन् २०२५ पछि पुनः राखिन्छ ।

तर, कुनै आँधी विनाशकारी छ भने त्यसको नाम दोहोरिदैन् । त्यसको सट्टामा अर्को नाम रहन्छ । विनाशकारी आँधी आएमा डब्लुएमओ को ट्रोपिकल साइक्लोन कमिटीको वार्षिक वैठकले सो नाम सूचीबाट हटाउँछ र अर्को नाम राख्छ ।

आँधीका कुख्यात नाम जस्तै म्याङहट (सन् २०१८ मा फिलिपिन्समा), इर्मा एन्ड म्यारिया (सन् २०१७ मा क्यारिवियनमा), हायन (सन् २०१३ मा फिलिपिन्समा), स्यान्डी (सन् २०१२ मा अमेरिकामा) क्याट्रिना (सन् २००५ मा अमेरिकामा), मिच (सन् १९९८ मा होन्डुरसमा) र ट्रेसी (सन् १९४७ मा डार्विनमा) को नाम सूचीबाट हटाइएको थियो । एजेन्सी

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
shanker RB
shanker RB
2022-11-29 1:14 pm

“कपालको रौं नै सिरिङग हुन्छ ।”- हुँदैन । जिउ चैं सिरिङ्ग हुन्छ । ‘रौं’ चैं ‘ठाडो’ हुन्छ भन्ने भाष्य मात्र प्रचलनमा छ है लेखक महाशय 

रिलेटेड न्युज

छुटाउनुभयो कि ?