दुई दलको असन्तुष्टिकाबीच सिट बाँडफाँटका लागि गठबन्धनको बैठक आज पनि जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको असहमतिका बिचमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक वालुवाटारमा जारी रहेको छ ।

आगमी ४ मंसिरका लागि हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी सिट वाँडफाँटका बारेमा अन्तिम प्रयास स्वरुप बैठक जारी राखिएको नेताहरुले बताएका छन् ।

औपचारिक रुपमा नै जसपा नेपालले सत्तारुढ गठबन्धन भन्दा बाहिर गएर अन्य पार्टीसँग तालमेलको विकल्प खुल्ला गरेर निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ भने नेकपा एसले पनि नेकपा एमालेले जीत हासिल गरेका स्थान भन्दा कम सिट दिएको भन्दै असन्तुष्टी जनाउँदै आएको छ । यी असन्तुष्टीका बिचमा सत्तारुढ गठबन्धनको बैठक वालुवाटारमा बसिरहेको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?