काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले दसैँको अवसरमा गर्दै आएको चियापान कार्यक्रमको आयोजना यस बर्ष नगर्ने भएको छ ।
असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको जनाउँदै नेपाली कांग्रेसले चियापान नगरिने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएकाे हाे ।
‘असोज २३ गते नै पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत उम्मेदवारहरूले उम्मेदवारी मनोनयन गर्नु पर्ने भएकाले यस वर्षको असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
विसं २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किए पछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले चियापान कार्यक्रम गर्दै आएको छ । कोभिड महामारीको बेलामा पनि कांग्रेसले चियापन समारोह आयोजना गरेको थिएन ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका