काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता संशोधन गरेर बन्देजात्मक व्यवस्था हटाएको छ । अब प्रधानमन्त्री र मन्त्रीहरू चुनावी प्रचार प्रसारमा जान पाउने भएका छन् ।
आचारसंहिताको दफा ५ मा प्रधानमन्त्रीदेखि मन्त्रीहरु र संघीय कार्यपालिकाका सबै सदस्यहरु आफू उम्मेद्वार भएको ठाँउ बाहेक अन्यत्र प्रचारप्रसारमा जान नहुने व्यवस्था थियो ।
निर्वाचन आचार संहिताको यो व्यवस्थाको सत्ता गठबन्धनका साथै प्रमुख प्रतिपक्षी एमालेका नेताहरुले समेत विरोध गरेका थिए । दलहरूको विरोधपछि आयोगले आचारसंहिता संशोधन गरेर प्रधानमन्त्री तथा मन्त्रीहरु प्रचारप्रसारमा जानसक्ने व्यवस्था थप गरेको हो ।
यसैबीच, प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार समानुपातिक तर्फको निर्वाचनका लागि ४ करोड ५५ हजार मतपत्र छापिएको छ ।
प्रतिनिधिसभातर्फ १ करोड ९८ लाख ७१ हजार र प्रदेशसभा तर्फ २ करोड १ लाख ८४ हजार मतपत्र छापिएको हो ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आयोगले असोज १६ गते समानुपातिकको बन्दसूचीको अन्तिम नामावली राजनीतिक दलसँग बुझेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको