कांग्रेसले टुंग्यायो सभापति देउवासहित १० उम्मेदवार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले पार्टी सभापति शेरबहादुर देउवासहित केही उम्मेदवारको टुंगो लगाएको छ । शनिबार बिहानसम्म बसेको बैठकले संघतर्फ डडेल्धुराबाट प्रतिनिधिसभातर्फ पार्टी सभापति शेरबहादुर देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

दार्चुलामा दिलेन्द्र बडु, बाजुरामा बद्रीप्रसाद पाण्डे, अछाममा पुष्प शाह, मुगुमा ऐनबहादुर शाही, मनाङमा टेकप्रसाद गुरुङ, तेह्रथुममा सीता गुरुङको उमेदवारी टुंगो लगाएको छ ।

त्यस्तै प्रदेशसभातर्फ जुम्ला (ख) मा ललितजंग शाही, तेह्रथुम (क) मा सन्तोष सुब्बा, ताप्लेजुङ (ख) मा खगेन सिंह हाङवाङलगायतका नेतालाई टिकट दिने निर्णय गरेको छ ।

कांग्रेस संसदीय बोर्ड शनिबार बस्ने बैठकले बाँकी उम्मेदवारहरू तय गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?