एमालेबाट भक्तपुर १ मा नवराज गेलाल र २ मा महेश वस्नेतको नाम सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

भक्तपुर । प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट भक्तपुरमा टिकट पाउनेहरुको नाम सार्वजनिक भएको छ । सोहीअनुसार भक्तपुर क्षेत्र नं १ मा नवराज गेलाल रहनुभएकाे छ । गेलाल यसअघि जिल्ला समन्वय समिति भक्तपुरका सभापति हुनुहुन्थ्याे । यस्तै, भक्तपुर क्षेत्र नं २ मा महेश वस्नेतको नाम सार्वजनिक भएको छ । उहाँ पार्टी केन्द्रिय सदस्य तथा प्रतिनिधि सभामा पछिल्लो पटकको निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभएकाे थियाे ।

यस्तै प्रदेश सभा १ ख (भक्तपुर नगर) मा नारायणसुन्दर सिन्ताकल र १ क (चाँगुनारायण) मा मोहनवीर श्रेष्ठको नाम सार्वजनिक भएको छ । यस्तै प्रदेश सभा २ ख (मध्यपुर थिमि) मा चन्दनकृष्ण श्रेष्ठ र प्रदेश सभा २ क (सूर्यविनायक) मा किरण थापाको नाम सार्वजनिक भएको छ ।

एमाले पार्टी भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले मंसिर ४ मा हुने निर्वाचनका लागि उनीहरुको नाम सार्वजनिक भएको पुष्टी गर्नुभयो । 'तर यो नै फाइनल नहुनसक्छ', उहाँले भन्नुभयो, 'भोलि यसमा तलमाथि पनि पर्नसक्छ ।'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?