काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार विहान काठमाडौंको काँडाघारीस्थित आफ्नै निवासमा ढुंगेल मृत भेटिनु भएको हो ।
एमाले पोलिटब्युरो सदस्य समेत रहनु भएको नेता ढुंगेलको आज काठमाडौं गोठाटारस्थित आफ्नै निवासको ट्वाइलेटमा लडेर निधन भएको एमालेका नेता जीवी खड्काले बताउनु भयो ।
परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै हुनुहुन्थ्यो । घटनास्थलको प्रकृति हेर्दा उहाँ ट्ट्वाइलेट गर्दा चिप्लिएर लड्नु भएको जस्तो देखिने स्थानीयले बताएका छन् ।
अहिले एमाले ओखलढुंगाका नेता कार्यकर्ता र पारिवारिक सदस्यहरू घटनास्थलमा भेला भएका छन् । ढुंगेलको घरमा प्रहरी पुगेको छ । नेकपाको एकता भंग हुँदा ढुंगेल माओवादीमा नफर्किएर एमालेमा रहनु भएको थियो ।
ढुंगेल पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्र ओखलढुंगा क्षेत्र नम्बर २ बाट सभासद् हुनुभएको थियो । २०६६ सालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाउनु भएको ढुंगेल २०७४ सालमा आम माफी पाउनु भएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका