पहिरामा बेपत्ताको खाजी गर्न गृहमन्त्री खाँणको निर्देशन

Read Time = 2 mins

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले जुम्लाको कनकासुन्दरी गाउँपालिकामा भएको वर्षासँगै खसेको पहिरामा परेर बेपत्ता भएकाहरुको खोजी कार्य र घाइतेको उपचारमा कमी हुन नदिन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाँणले प्रभावितको पुनः स्थापन कार्यमा कुनै कसर बाँकी नराख्न गृहप्रशासन र प्रजिअलाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

गृह प्रशासनमार्फत घाइतेको उद्धारका लागि सेनाको हेलिकप्टरको व्यवस्थापन गरिए पनि खराब मौसमका कारण हेलिकप्टर जान नसकेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिनुभयो । उहाँले सो क्षेत्रमा अहिले पनि पानी परिरहेको जानकारी दिनुभयो ।

प्रजिअका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरामा पुरिएर यो समाचार तयार पार्दासम्म सातजनाको मृत्युु भएको छ । अन्य दुईजना घाइते भएकामध्य एकको अवस्था गम्भीर रहेको छ । उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अहिले घटनास्थलतर्फ प्रजिअसहित जिल्ला सुरक्षा मितिको टोली गइरहेको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?