म्यानमारको अदालतले सुनायो जापानी डकुमेन्ट्री फिल्म निर्मातालाई १० वर्षको जेल सजाय

Read Time = 1 min

यांगुन । म्यानमारको एक अदालतले जापानी डकुमेन्ट्री फिल्म निर्मातालाई १० वर्षको जेल सजाय सुनाएको छ । २६ वर्षीय तोरु कुबोटालाई पहिलोपटक जुलाईमा सरकारविरोधी र्‍यालीका क्रममा पक्राउ गरिएको थियो ।

उहाँलाई देशद्रोहको अभियोगमा तीन वर्ष र विद्युतीय सञ्चार ऐन उल्लघंन गरेको अभियोगमा सात वर्षको जेल सजाय सुनाइएको छ । तोरुलाई अध्यागमन कानुन तोडेको आरोप पनि लगाइएको छ, जुन अर्को हप्ता सुनुवाइ हुनेछ ।

म्यानमारमा सैनिक विद्रोहपछि राजनीतिज्ञ, कार्यकर्ता र पत्रकारसहित १५ हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको अनुमान गरिएको छ । फेब्रवरी २०२१ मा, सेनाले म्यानमारमा आङसान सुकीको सरकारलाई हटाएर आफ्नो हातमा सत्ता लिएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?